आउँदो वर्षबाट दुतावासबाटै मतदाता नामावली संकलन हुने

काठमाडौं, ५ असार । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मताधिकार सम्बन्धी उठाएको मुद्दालाई छिट्टै सम्बोधन गर्ने बताएका छन् ।

काठमाडौँ आयोजना गरिएको नागरिकता मताधिकार लगानी तथा वैदेशिक रोजगार सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन् ।

उनले भने, ‘बोल्न त धेरै सजिलो छ कार्यान्वयन गर्न निकै कठिन छ । म यस विषयलाई गम्भीरताका साथ हेरिदिन सरकार समक्ष प्रस्ताव राख्ने छु। कानुनले दिएको अधिकारभित्र रहेर काम गर्न निर्वाचन आयोग सधैँ तप्पर छ । जहिले पनि जहाँ गएर पनि नागरिकलाई मतदान गराएर मतगणनाको नतिजा प्रकाशन गर्न निर्वाचन आयोग सधैँ तयार छ ।’

साथै उनले कानुनमा आयोगले समावेश गरेर पठाउन सम्भव नभएको र कहाँ कसलाई कसरी मतदान गर्न दिइने भन्ने कुरा पनि अत्यन्तै महत्वपूर्ण रहेको बताए । थपलिया भन्छन्, समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई विदेशमै बसेर मतदान गर्ने अधिकारबाट यो अधिकार प्रारम्भ गरिने उपयुक्त हुन्छ। त्यसकै तयारीमा आयोग लागेको छ ।’

अहिले काठमाडौँमा बस्ने मतदाताको नामावलीको दर्ता सुरुवात भएको छ। यो प्रक्रिया फेरि यस्तो छ जुनदिन मतदान अर्को निर्वाचनको घोषणा हुन्छ घोषणा भएको एक मिनेटमा रोक्नुपर्छ । अब हामी यो चाहिँ घोषणा गर्ने तयारीमा छौँ मलाइ लाग्छ मैले नेपाल सरकारसँग माग रोखेको छु। हामी निर्वाचन तयारीका लागि अलिकति समय दिन सक्छौँ । आठदस दिन दस पन्ध्र दिन निर्वाचनको घोषणा नगरियोस किनभने केही मतदाताहरु लाइनम लागेर हामी मतदाता नामावली दर्ता गर्ने काम सम्म गछौँ । यो मतदानमा सरिक गराउँछौ भनेर हामीले भनिराखेका छौँ,’ उनले भने।

‘साथै आउँदो आर्थिक वर्षबाट केही दुतावासहरुमा अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्न सकिने अनलाइन रजिस्टेसन सिस्टम प्रारम्भ गरेर मतदातानामावलीमा नाम दर्ता गराउने काम आयोगले गर्दै छ । तयारी दुतावासबाट प्रारम्भ हुन्छ,’ उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।