मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका ब्यक्तिको डेराबाट पे’स्तोल बरामद

मोरङ,असार ५ । मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका मोरङको बुढिगंगा गाउँपालिका-६ का ३२ बर्षीय बिनोद चौधरीको डेराबाट १ थान पे’स्तोल बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले बिगत १ महिनाको अवधीमा मोटरसाईकल चोरीमा संग्लग्न १६ जना मानिस २१ थान मोटरसाईकल सहित पक्राउ गरेको थियो । मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा चौधरीको डेरामा १ थान चाईनिज पेस्तोल, सोही पे’स्तोलको गो’ली १ राउण्ड र म्याग्जिन १ थान भएको खुले संगै बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

‘प्रकृति संरक्षण गर्दै संरचना निर्माण गरौँ’
दमौली, ५ असार (रासस):नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रकृति संरक्षणलाई ध्यानमा नराखी संरचना निर्माण गर्ने क्रम बढेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

व्यास नगरपालिका र डिभिजन वन कार्यालयद्वारा व्यास–३ स्थित बिपी वनवाटिकामा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालका सहरहरू अत्यन्तै अव्यवस्थित ढङ्गले विकास गरिएको बताउनुभयो ।

व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकालाई प्रकृतिमैत्री बनाउने अभियान थालिएको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा, प्रदेश सांसद सरिता गुरुङ, शुक्लागण्डकी नगर प्रमुख कृष्णराज पण्डितलगायतले वृक्षरोपण गर्नुभएको छ । गुलमोहर, असारे र चेरीका २१ बिरुवा रोपण गरिएको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।