धरानबाट अ’बैध ला’गुऔ’षध गाँ’जा सहित १ जना पक्राउ
सुनसरी,असार ५ । सुनसरीको धरान उपमहानगरपालिका-५ बाट अ’बैध ला’गुऔ’षध गाँ’जा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ला’गुऔ’षध गाँ’जाको ओसार पसार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय रित बहादुर राईले संचाल गर्दै आएको किराना पसल खानतलासी गर्दा २ केजी गाँ’जा बरामद भएको थियो ।
पसलबाट गाँ’जा बरामद भएसंगै संचालकलाई समेत पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
‘प्रकृति संरक्षण गर्दै संरचना निर्माण गरौँ’
दमौली, ५ असार (रासस):नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रकृति संरक्षणलाई ध्यानमा नराखी संरचना निर्माण गर्ने क्रम बढेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।
व्यास नगरपालिका र डिभिजन वन कार्यालयद्वारा व्यास–३ स्थित बिपी वनवाटिकामा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालका सहरहरू अत्यन्तै अव्यवस्थित ढङ्गले विकास गरिएको बताउनुभयो ।
व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकालाई प्रकृतिमैत्री बनाउने अभियान थालिएको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा, प्रदेश सांसद सरिता गुरुङ, शुक्लागण्डकी नगर प्रमुख कृष्णराज पण्डितलगायतले वृक्षरोपण गर्नुभएको छ । गुलमोहर, असारे र चेरीका २१ बिरुवा रोपण गरिएको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।


