गोपनीयता चोरी हुन नदिन तालिम आवश्यक : मुख्यमन्त्री राई

विराटनगर, ५ असार । नेपाल दूरसञ्चार प्राधिकरणले सुरक्षित रुपमा इन्टरनेट तथा सामाजिक सञ्जाल सञ्चालन गर्नेबारे प्रदेशका सांसदहरुलाई प्रशिक्षण दिएको छ ।

विराटनगरमा दूरसञ्चार प्राधिकरणले इम्पावर टे«डिङ प्रालिको आयोजनामा प्रदेशसभाका सांसदलाई सुरक्षित रुपमा इन्टरनेट र सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने भन्नेबारे प्रशिक्षण दिएको हो । उक्त प्रशिक्षणमा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई तथा ५० भन्दा बढी प्रदेशसभा सदस्य सहभागी थिए । सो अवसरमा मुख्यमन्त्री राईले इन्टरनेट र सामाजिक सञ्जाल सुरक्षित ढङ्गले चलाउन नजान्दा धेरै क्षति भोग्नुपरेको उल्लेख गर्दै गोपनीयता चोरी हुनेभएकाले तालिम उपयोगी भएको बताउनुभयो ।

तालिम प्रशिक्षक ऋषिराम गौतमले सहभागी प्रदेशसभा सदस्यलाई आफ्नो फेसबुक, ट्वीटर र अन्य पेजहरु मोबाइल तथा कम्प्युटरमा कसरी सुरक्षित ढङ्गले प्रयोग गर्ने भन्ने विधिबारे सिकाउनुभएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रायले बढ्दो साइबर थ्रेट र चुनौतीलाई ख्याल गरेर सबै प्रदेशसभा सदस्यलाई सुरक्षित तरिकाले इन्टरनेट र सामाजिक सञ्चालन चलाउने तरिका सिकाउन थालेको जानकारी दिनुभयो ।

तालिम संयोजक एवं इम्पावर ट्रेडिङ प्रालिका निर्देशक शम्भु पहाडीले बढ्दो साइबर असुरक्षा र सोसल मिडियामार्फत् दिइने गालीगलौजलगायत घटना दोहोरिन नदिन सुरक्षित तरिकाले इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्ने सीप हासिल गर्नु आवश्यक भएको उल्लेख गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।