चोलुङपार्कको आकर्षण संसारभर बढ्दै (फोटो फिचर)

जीवनप्रसाद राई/(बसन्तपुर) तेह्रथुम । लालीगुराँस नगरपालिकाको बसन्तपुरमा अवस्थित चोलुङपार्क अहिले संसारभरका मानिसहरुका लागि आकर्षक गन्तब्य बन्दै गईरहेको छ ।

लालीगुराँस नगरपालिकाको ३० लाख, शहरी बिकास मन्त्रालय नयाँ शहर आयोजनाको ८० लाख र बाँकी स्थानीय जनताको रु. ५० लाख गरि कुल १ करोड ६० लाख लगानीमा निर्माण भएको यो पार्कमा लिम्बु संस्कार र संस्कृतिका बिम्वहरु अध्ययन तथा अवलोकन गर्न पाईन्छ ।

२०७५ सालमा जम्मा एउटा युमा घर निर्माण गरि यहाँको परियोजना अगाडि बढाईएकोमा हाल यहाँ ब्यवस्थित रुपमा लिम्बु संस्कारमा आधारित घरहरु निर्माण गरिसकिएको छ ।

लेकाली वनस्पति तथा बिभिन्न खालका लालीगुराँसका प्रजातिहरु रोपेर यो पार्कको सौन्दर्यमा निकै आकर्षण थपिएको छ । ३ सय रोपनी क्षेत्रफल भन्दा बढीमा फैलिएको यो पार्कमा अब कोशेली घर, पुस्तकालय एवं अन्य बिभिन्न खालका संग्रहालय समेत निर्माण गरिने कुरा लालीगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुनबावु माबोहाङले बताउनुभयो ।

सिमेन्ट तथा रडहरुको प्रयोग नगरिकन बनाईएको घरहरुको पुरानो परम्परागत शैली झल्किने खालको रहेको छ । यो अहिलेका पुस्ताका लागि प्रमुख आकर्षण रहेको छ ।

नेपालको बिभिन्न ठाँउबाट यहाँ लिम्बु, गैरलिम्बु, संस्कार तथा संस्कृतिका सरोकारवाला तथा आन्तरिक पर्यटकहरुको रोजाईमा परेको यो चोलुङपार्कमा हाल बिदेशबाट समेत अध्ययनका लागि आउने गरिरहेका छन ।

चिलीबाट आउनुभएको टोमास र भारतको हरियणाबाट आउनु भएको योगीकुमारका अनुसार यो पार्कको भविष्य ज्यादै नै राम्रो रहेको बताए । यो पार्क नेपालको मात्रै नभई संसारभरमा छरिएर रहेका आम नेपालीहरुका लागि तथा संस्कार र संस्कृतिमा चासो रहेका बिदेशीहरुका अध्ययन र अनुसन्धानका लागि तथा आन्तरिक पर्यटकहरुले रमाईलो मनाउन र छुट्टिको समय बिताउनका लागि चोलुङपार्क प्रदेश नम्बर एककै लागि उत्कृष्ट गन्तब्य भएको कुरा लानपा वडा नम्बर ५ का पुर्व वडाअध्यक्ष नगेन्द्र कार्कीले बताउनु भयो ।

यो पार्क निर्माणका लागि लालीगुराँस नगरपालिका र नयाँ शहर आयोजनाले शुरुवाती लगानी भएता पनि पछिल्लो समयमा उत्साहित हुदै स्थानीय जनताको ५० लाख लगानी जुटेको कुरा लालीगुराँस नगरपालिकाका लेखा अधिकृत सबिना श्रेष्ठले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।