पाण्डे पुर्पक्षका लागि थुनामा

काठमाडौँ, ६ असार । मानव बेचबिखन, ओसारपसार र बालयौ’न दुरुपयोगको गरेको आरोप लागेका मनोज पाण्डे भनिने मनोजकुमार जैशी पुर्पक्षका कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ जिल्ला अदालतको आजको आदेशले उनलाई पुर्पक्षका लागि कारागार कार्यालय, डिल्लीबजार चलान गरिएको हो । बालयौन दुरुपयोग र मानव बेचबिखन तथा ओसारपसारमा जाहेरी परेपछि पाण्डेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि परिसरमा बुझाएको थियो ।

पाण्डेमाथि आफूलाई बालयौन दुरुपयोग गरेकोलगायत विषय उल्लेख गरी पीडितले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को बालयौन दुरुपयोग गर्न नहुने कसुरमा गत जेठ ८ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । पीडितकी आमाले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को कसुरमा जेठ ९ गते अर्काे जहेरी दिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

जाहेरीमा पाण्डेमाथि कहिले फोटो सुट, कहिले सक्सेस पार्टी दिने नाममा होटल तथा विभिन्न स्थानमा बोलाई डर, त्रासमा पारी धा क, ध म्की दिई पेयपदार्थ भनी नसालु पदार्थ खुवाएर बेहोस बनाइ नियन्त्रणमा राखी आफूले जबरजस्ती क रणी गरी वेश्यावृत्तिमा लगाउने गरेको आरोप छ ।

दुवै जाहेरी दर्ता गरी जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रारम्भ गरेकामा जिल्ला सरकारी वकीलको कार्यालयमार्फत गत जेठ २७ गते काठमाडाँै जिल्ला अदालतमा आरोपपत्र दर्ता भएको थियो । आठ वर्ष अघि सौन्दर्य प्रतियोगिताको नाममा आफुमाथि जबरजस्ती करणी गरेको भन्दै पीडितले जेठ ४ गते सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गरेकी थिइन् ।

हदम्यादका कारण क रणी मुद्दा चलाउन अफ्ठेरो परेको विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि त्यसको सर्वत्र विरोध भएको थियो भने सडकदेखि सदनसम्म हदम्याद हटाउन माग भएको थियो । यसपछि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र बाल यौ न दुव्र्यवहारमा अनुसन्धान थालेकामा सोही कसुरमा अदालतमा आरोपपत्र दर्ता भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।