उदयपुरमा सवारी दुर्घटना, १ जनाको मृ’त्यु

उदयपुर, असार ७ । उदयपुरको त्रियुगा नगरपालिका-१३ स्थित मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृ’त्यु भएको छ ।

हिजो बेलुका सवा ६ बजे बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको बा.९ च ३८४६ नम्बरको बलेरो गाडी अनियन्त्रित भई भित्तामा ठोक्किई दुर्घटना हुँदा बलेरोमा सवार रहेका त्रियुगा नगरपालिका-१३ पोर्ता का ५२ बर्षीय कुमार बस्नेत घाईते भएका थिए । घाईते बस्नेतको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृ’त्यु भएको हो ।

बलेरो र चालक स्थानीय ३७ बर्षीय ईन्द्र चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको र घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।

एसपिपी अघि नबढाउने सरकारको निर्णय
काठमाडौँ, ७ असार (रासस):नेपाल सरकारले संयक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सबै सरकारी निकायहरुले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी बैठकले राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्ष पदमा वरिष्ठ पत्रकार धमेन्द्र झा (धनुषा)लाई नियुक्त गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी सो जानकारी दिनुभएको हो । राससका नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।

मन्त्रिपरिषद्ले बैठकले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पु¥याएको योगदानको कदरस्वरुप जयपृथ्वीबहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

उहाँले नेपाल वायु निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम, ऐन २०१९ को दफा २० बमोजिम निलम्बन गरी निजउपर जाँचबुझको कार्य अघि बढाउने सरकारले निर्णय गरेको बताउनुभयो ।

सरकारले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने पनि निर्णय गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।