मोरङमा सवारी दुर्घटना, २ जनाको मृ’त्यु

मोरङ,असार ८ । मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृ’त्यु भएको छ ।

मंगलवार राती साँढे ७ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका-२ मा प्रदेश १ -०२-०४७ प ००१५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ५० बर्षीया बिमला खड्कालाई ठक्कर दिंदा घाईते भएकी खड्काको उपचारको क्रममा बिराटनगरको कोशी अस्पतालमा मृ’त्यु भएको हो ।

यसैगरी मंगलवार साँझ मोरङकै सुन्दरहरैचा नगरपालिका-११ मा साईकललाई जोगाउने क्रममा को ३३ प ४२४१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा सोही मोटरसाईकलमा सवार रहेकी ३० बर्षीया देव कुमारी श्रेष्ठ घाईते भएकी थिईन ।

घाईतेलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।