धरानको बजेट एक अर्बभन्दा बढी

इनरुवा, १० असार । सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु एक अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट, नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ ।

धरानको ११औँ नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले बजेट प्रस्तुत गर्नुभएको हो । कूल बजेटमध्ये चालुतर्फ रु ८३ करोड ३७ लाख ७२ हजार ४४२ र पूँजीगतर्फ रु ८१ करोड ९५ लाख ५० हजार ५५८ र वित्तीय व्यवस्थातर्फ रु तीन करोड २५ लाखको बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

आन्तरिक राजस्वबाट रु २५ करोड, संस्थागत आन्तरिक अनुदान रु पाँच करोड २० लाख, सङ्घीय सरकारबाट रु ८३ करोड चार लाख, प्रदेश सरकारबाट रु तीन करोड ५० लाख ७० हजार, सङ्घीय राजस्व बाँडफाँटबाट रु २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट रु २० करोड र अपुग हुने रु ११ करोड ३० लाख आठ हजार नगद मौज्दात परिवर्तनबाट स्रोत व्यवस्थापन गरिने उपप्रमुख बेघाले बताउनुभयो ।

धरान उपमहानगरले खानेपानी, पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद् व्यवस्थापनलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गरेको उपप्रमुख बेघाले जानकारी दिनुभयो ।

धरानका २० वटै वडाहरूमा प्रशासनिकतर्फ रु दुई करोड ५० लाख र कार्यक्रम तथा पूँजीगततर्फ रु २९ करोड रकम विनियोजन गरिएको छ । सहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि रु २९ करोड १० लाख र शिक्षा युवा तथा खेलकुदतर्फ रु ४० करोड ९७ लाख विनियोजन गरिएको छ ।

स्वास्थ्यतर्फ रु चार करोड दुई लाख, सामाजिक विकासतर्फ रु पाँच करोड ८२ लाख २३ हजार, आर्थिक विकासतर्फ रु दुई करोड ७२ लाख तथा वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ रु एक करोड ६८ लाख बजेट विनियोजन गरिएको बेघाले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।