धनकुटाका जेष्ठ नागरिकलाई दही चिउरा

धनकुटा, १५ असार । धनकुटा लेडिज जेसिसले असार १५ अर्थात धान दिवसको अवसरमा धनकुटा नगरपालिका ७ का जेष्ठ नागरिकलाई दही चिउरा खुवाएर मनाएको छ ।

आज एक कार्यक्रम बिच जेष्ठ नागरिक संघ ७ नम्बर वडा समितीका ४५ जना जेष्ठ नागरिकलाई दहि चिउरा खुवाएर मनाएको जेष्ठ नागरिक संघ धनकुटा नगरपालिका ७ का अध्यक्ष बुद्धिकान्त घिमिरेले जानकारी दिनु भयो ।

कार्यक्रमको प्रमुख अतिथि धनकुटा नगरपालिका ७ का वडा अध्यक्ष रोषेश श्रेष्ठले कार्यक्रममा शुभकामना व्याक्त गर्नु भएको थियो ।

कार्यक्रममा जेष्ठ नागरीक धनकुटा नगर अध्यक्ष टिकाप्रसाद घिमिरे साथै सुदर्शन घिमिरे, बद्रिनाथ अधिकारी, उपाध्यक्षहरु गुणराज श्रेष्ठ, सरिता लक्ष्मी श्रेष्ठ, कोषध्यक्ष हरी कुमार डंगोल लगायत समितीका पदाधीकारी तथा सदस्यहरुको उपस्थिती रहेको कार्यक्रमको संचालन जेष्ठ नागरीक संघका वडा सचिब रामबहादुर श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता जेष्ठ नागरीक संघ धनकुटा नगरपालिका ७ का अध्यक्ष बुद्धिकान्त घिमिरेले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।