मोरङबाट लागुऔषध सहित ४ जना पक्राउ

मोरङ, असार १७ । मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।

हिजो दिउसो सँवा १२ बजे लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले २ नम्बर ढाट छेउबाट भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङ सुन्दरहरैचा नगरपालिका ४ का २६ बर्षीय पवन घिमिरे र सुन्दरहरैचा नगरपालिका ६ का २७ बर्षीय बिजय राईलाई लुपिजेसिक १२ ऐम्पुल, फेनारगन १२ ऐम्पुल, डाईजोपाम १२ ऐम्पुल, ऐभिल १२ ऐम्पुल सहित पक्राउ गरिएको हो ।

यसै गरी हिजै दउसो २ बजे १ नम्बर ढाटबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बा३५प २७१४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेको सुन्दरहरैचा नगरपालिका १२ का २० बर्षीय अभिषेक चौधरी र पछाडी सवार सुन्दरहरैचा नगरपालिका १२ कै १९ बर्षीय निशान गुरुङलाई NITRAVET-10 – ३० ट्याबलेट सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका चारै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।