गाईघाटका पसल डुबानमा, लाखको क्षति

उदयपुर, १८ असार । गएराति परेको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको सदरमुकामस्थित गाईघाट बजार क्षेत्रका सयौँ घर पसल डुबानमा परेका छन् ।

निरन्तर वर्षाका कारण बजार क्षेत्र र घर डुबानमा परेपछि त्यहाँका पसलमा बिक्रीका लागि राखिएका विभिन्न उपभोग्य बस्तु सबै नष्ट भएर पचासौँ लाखभन्दा बढीको सामान क्षति भएको स्थानीय व्यापारीले बताएका छन् ।

गाईघाट बजार असारी लाइन क्षेत्रका एक पसल सञ्चालक तीलक खड्काका अनुसार शुक्रबार साँझदेखि परेको भीषण वर्षाको कारण गएराति आफूहरुको टोलसहित पसल र घर डुबानमा परेको र आफ्नो पसल डुब्दा दशौँ लाखको उपभोग्य बस्तु नष्ट भएको छ ।मुख्य गरेर गाईघाट बजार क्षेत्रको शान्तिनगर टोल, ज्योति टोल, प्रतिभाटोल र मुख्य बजार क्षेत्रको पुरानो बसपार्क क्षेत्र तथा पिलचौक र सङ्गमटोलका अधिकांश घर र पसल डुबानमा पर्दा पसलमा राखिएका अधिकांश उपभोग्य बस्तु नष्ट हुन पुगेको अर्का पसल सञ्चालक दीपक कार्कीले बताउनुभयो ।

अन्य स्थानीयवासीको पनि घरभित्र पानी प्रवेश गर्दा घरका अधिकांश सामग्री पानीले बिगारेको उनीहरुको गुनसो थियो । त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश विकले शुक्रबार बेलुकीदेखि आएको निरन्तर भीषण बर्षाका कारण बजार क्षेत्रका घर र पसलभित्र पानी प्रवेश गरेर डुबानमा परेकाले धेरै पसलका सामग्री नष्ट हुन पुगेको र आफूले बिहानैदेखि अनुगमन र स्थलगत अध्ययन सुरु गरेको जानकारी दिनुभयोे ।

क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको र धेरै क्षति भएका कारण सबै आँकडा सङ्कलन नभएसम्म क्षतिको यथार्त विवरण आउन ढिलाइ हुने उहाँको भनाइ थियो ।नगरपालिकाका प्रमुख र उपप्रमुख वसन्त बस्नेत र महेस्वरी राईले पनि बजार डुबानमा परेपछि गाईघाट बजारको डुबानको क्षतिको बारेमा आफूहरुले अध्ययन सुरु गरेको उपप्रमुख राईले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।