भोजपुरको पौवादुङमा गाउँपालिकालाई खोप सुनिश्चितता घोषणा

भोजपुर, २० असार । पौवादुङमा गाउँपालिकालाई जिल्लाकै पहिलो खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा गरिएको छ । जिल्लाका नौवटा स्थानीय तह छन् । १६ महिनादेखि २३ महिनासम्मका बच्चाले ११ प्रकारका खोप लिएकाले गाउँपालिकालाई खोप सुनिश्चितता स्थानीय तहघोषणा गरिएको हो ।

एक सय ४३ को घरमा नै पुगेर वालबालिकाको खोपको अवस्थाको बुझ्दा खोप लगाएको पाइएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रकुमार उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिका जिल्लामा नै पहिलो खोप सुनिश्चितता स्थानीय तह बनेको छ । तोकिएको मापदण्ड पूरा भएकाले घोषणा गरेका हौँ । यसलाई हाम्रो स्वास्थ्य क्षेत्रको लागि निकै राम्रो उपलब्धिको रुपमा लिएका छौँ ।” घोषणा कार्यक्रम गाउँपालिका अध्यक्ष किरण राईले नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पु¥याउन प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभयो ।

अध्यक्ष राई भन्नुभयो, “हाम्रो गाउँपालिकालाई पहिलो पूर्ण खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा गर्न सफल भएका छौँ । यो हाम्रो लागि निकै ठूलो उपलब्धि हो । हाम्रा नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको छ । हामीले नीति तथा कार्यक्रममा नै भनेका छौँ सुत्केरी तथा गर्भवती, नवजात शिशुलाई बाहिरका अस्पतालमा लैजाँदा निःशुल्क एम्बुलेन्स सेवा दिन्छौँ । त्यस्तै यस कार्यमा निकै मेहनतका साथ खटेर गाउँपालिकालाई यो सफलता हासिल गराउन भूमिका खेल्नुहुने सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीलाई धन्यवाद दिन चाहन्छु ।’’

पौवादुङमा कार्य सम्पादन मूल्याङ्कनमा प्रदेशमा एकमा पहिलो भएको गाउँपालिका हो । गाउँपालिको गर्भवती एवं सुत्केरी र बच्चाको स्वास्थ्यलाई ध्यान राख्दै ‘रातोभाले’ तथा ‘सुत्केरी पूर्व खुत्रुके’ बचतको कार्यक्रम सञ्चालनमा गरिरहेको छ । सञ्चालनमा ल्याएको यो कार्यक्रम स्थानीय महिलाको साहारा बनेको छ । यहाँका गर्भवती एवं सुत्केरीलाई सञ्चालन भइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

अध्यक्ष राईले भन्नुभयो, “होम डेलीभरी शून्य बनाउन स्वास्थ्य संस्थामा सुत्केरी भएपछि रातोभालेसँगै अन्य पौष्टिक आहारासमेत गाउँपालिका दिन्छ । स्थानीय जनताको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएका छौँ । यो कार्यक्रम अहिले जनतामाझ लोकप्रिय बनेका छन् । यो कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी भएबापत पैसा पनि दिन्छौँ ।”

षडानन्दले एम्बुलेन्स सञ्चालनमा ल्याउने

जिल्लाको षडानन्द नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा एम्बुलेन्स सञ्चालन आउने भएको छ ।

नगर प्रमुख सुरेन्द्रकुमार उदासले आइतबार आफ्नो नगरमा आउने एम्बुलेन्सको चाबी बुझ्नुभएको हो । नेपाल सरकारलाई भारत सरकारले प्रदान गरेका ७५ एम्बुलेन्समध्ये एउटा षडानन्दले ल्याउन सफल भएको हो । नगर प्रमुख उदासले भन्नुभयो, “मैले निर्वाचनको बेलामा पनि एम्बुलेन्स सञ्चालनमा ल्याउनु थिए । खासमा हामीले आफ्नै लगानीमा किन्ने सोचेको भएपनि अहिले हामीले माथि पहल गरेर एम्बुलेन्स ल्याउन सफल भएका छौँँ । यसको कारण अब एम्बुलेन्समा खर्च हुने बजेट विकासमा निर्माणमा लगाउछौँ ।”

कार्यविधि बनाएर सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक तथा आर्थिक अवस्था कमजोर भएकालाई सहज हुने गरी एम्बुलेन्स सेवा दिने प्रमुख उदासको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖