मोटरसाईकल दुर्घटनाबाट १ को मृ’त्यु, ३ जना घाईते
सुनसरी, असार २० । सुनसरीको भोक्राहा नरसिंह-५ मा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृ’त्यु भएको छ भने ३ जना घाईते भएका छन् ।
आईतवार बेलुका साढे ३ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको को २८ प ४०९३ नम्वरको मोटरसाईकल र दक्षिणबाट उतर तर्फ हाइवे क्रस गर्दै गरेको को १९ प ९९६५ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ वटा मोटरसाईकलमा सवार ४ जना घाईते भएका थिए ।
घाईते चारै जनालाई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगिएकोमा को १९ प ९९६५ नम्बरको मोटरसाईकल चालक भोक्राहा नरसिँह-५ बस्ने ४५ बर्षीय रजाक मियाको उपचारको क्रममा मृ’त्यु भएको र अन्य ३ जनाको सोहि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


