छथरजोरपाटी गाउँपालिकाका अपाङ्गता भएका ब्यक्तिहरुलाई बाख्रा र बंगुरका पाठा वितरण
धनकुटा,२१ असार । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुको जीविकोपार्जन सहयोग पु¥याउने उद्धेश्यका साथ बाख्रा र बंगुरका पाठा वितरण गरेको छ ।
एक कार्यक्रमका बिच अपाङ्गता रोकथाम तथा पुर्नस्थापना परियोजनाको साझेदारीमा अपाङ्गता भएका २० जना र तिनका परिवारलाई बाख्रा र बंगुरका पाठा वितरण गरिएको हो ।
ब्यवसायिक शीप विकास तालिम लिएका विपन्न परिवारका ब्यक्तिलाई बिउँ पूँजी स्वरुप बाख्रा र बंगुरका पाठा उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बाले जानकारी दिनु भयो ।
बाख्रा र बंगुरका पाठा पाउनेहरुले आफूहरु लाई निकै ठूलो सहयोग भएको बताउँदै त्यस लाई क्रमश आफूहरुले बृद्धि गर्दै लैजाने बताएका थिए ।


