धरानको फोहोर प्रशोधन केन्द्र परिसरमा वृक्षारोपण

धरान । धरान सराेकार समाज काठमाडौँले धरान–६ पानवारीस्थित फोहोर प्रशोधन केन्द्र भेन्चर वेस्ट टु ईनजी प्रालि परिसरमा वृक्षारोपण गरेको छ । वातवरणीय अनुकुलताका लागि समाजले मंगलबार विभिन्न औषधीय गुण भएका विरुवा रोपेको हाे ।

समाजका अध्यक्ष प्रभु श्रेष्ठका अनुसार जामुल, निम, बेल, सरिफा, अर्जुन, रिठ्ठा, वटर व्रुस, तितरी, शिरिसलगायतका ५० थान विरुवा रोपिएको छ । उक्त विरुवा जिल्ला वन कार्यालय सुनसरीले उपलब्ध गराएको थियो

वृक्षारोपण कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ, सदस्यहरु सम्राट श्रेष्ठ, दिपक बनेपाली, युएन वमनकी परामर्शदाता तथा महिला अधिकारकर्मी सरु श्रेष्ठ जोशी,सुप्रिया माझी र लायन्स कल्ब धरान-पन्चकन्याका अध्यक्ष एकता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

भेन्चर वेस्ट टु ईनजी प्रालिले धरान उपमहानगरबाट निस्किएको फोहोरलाई प्रशोधन गरेर ग्यास तथा मल उत्पादन गदैं आएको छ । २० बर्ष पछि धरान उपमहानगरलाई हस्तान्तरण गर्ने गरि कम्पनिले फोहोरबाट ग्यास र मल उत्पादन गदैं आएको छ । सो क्षेत्रको वातवरण स्वच्छ र सफा राख्न समाजले वृक्षारोपण गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।