सोलुखुम्बुमा च’ट्याङ लागेर एक जनाको मृ’त्यु

सोलुखुम्बु, २२ असार । थुलुङदुधकोशी गाउँपालिका–९ साउरे बस्ने पाकमाया तामाङको छोरा ७ वर्षीय सुजन तामाङको चट्याङ लागेर मंगलबार साँझ मृ त्यु भएको छ ।

आफ्नी आमासँग मामाघर जानेक्रममा वर्षाको कारण ओत लागि बसेको ठाउँमा परेको चट्याङ लागी सुजनको घटनास्थलमै मृ त्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र प्रहरी चौकी सुकेपोखरीबाट खटिएको प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्राप्त अधिकार संस्थागत गर्दै थप सङ्घर्ष गर्नुपर्छ ः मन्त्री रेग्मी
काठमाडौँ, २२ असार (रासस) ःमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाको विषयमा प्राप्त अधिकार संस्थागत गर्दै थप अधिकारको निम्ति सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय महिला आयोगद्वारा आज आयोजित ‘योगमाया स्मृति दिवस’ कार्यक्रममा उहाँले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त महिलाको हक अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्री रेग्मीले भन्नुभयो, “संविधानमा महिलाको शिक्षा, स्वास्थ्य, राज्यका निकायमा प्रतिनिधित्वको सवाललाई सुनिश्चित गरिएको छ, तर त्यसलाई व्यावहारिक रुपमै कार्यान्वयन गर्न महिलाहरुले नै सङ्घर्ष गर्नुपर्ने छ ।” उहाँले महिलाहरुका लागि आरक्षण सदाका निम्ति नभएर राज्यका हरेक संरचनामा महिला र पुरुष बराबरी नभएसम्मका लागि मात्रै भएको प्रस्ट पार्नुभयो । मन्त्री रेग्मीले अन्य विभिन्न देशको तुलनामा नेपालमा महिलाहरुको सक्रियता, सहभागिता बढ्दै गएको उल्लेख गर्दै अझै मुख्य जिम्मेवार पद र राज्यको नीति निर्माण तहमा समान सहभागिताका निम्ति स्थानीय निकायबाटै पहल सुरु गर्नुपर्ने धारणा राख्नुभयो ।

महिलामाथि हुने हरेक प्रकारका विभेद अन्त्यका लागि भएका ऐन÷कानुनको प्रभावकारी कार्यान्वयनसँगै घर–घरमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । मन्त्री रेग्मीले भन्नुभयो, “महिला हिंसाको जरो घरभित्रै छ, त्यसलाई अन्त्य गर्न घरभित्रबाट प्रयास थाल्नुपर्छ, अब त्यसबारेमा महिलालाई मात्रै होइन, महिला र पुरुषलाई सँगै राखेर तालिम दिनुपर्छ ।” महिला आयोगका अध्यक्ष कमला पराजुलीले राज्यका हरेक संरचनामा महिलाको समान सहभागितामा जोड दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।