खोटाङमा पिपिसि ढलानको छड्के अनुगमनमा मेयर भट्टराई

खोटाङ, २४ असार । स्टीमेट अनुसार पिसिसि ढलानको काम नभएको जनगुनासो आएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई छड्के अनुगमनमा पुगेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडकको पिसिसि ढलानमा स्टीमेट अनुसार काम नभएको गुनासो आएपछि मेयर भट्टराई बिहिबार बिहान छड्के अनुगमनमा पुगेका हुन् ।

असार मसान्तलाई लक्ष्यित गर्दै हिलो र माटोमाथि धमाधम ढलान भइरहेको जनगुनासोका आधारमा छड्ने अनुगमनमा निस्कनु परेको मेयर भट्टराईले बताए । सुटुक्क निर्माणस्थल पुगेका मेयर भट्टराईले वडाध्यक्ष लिलाकुमार चौहान, निर्माण उपभोक्ता समिति र स्थानीयसँग भेटघाट गरेर ढलानको विषयमा सत्यतथ्य जानकारी लिएका छन् ।

मध्यपहाडीबाट वडा कार्यालय–स्वास्थ्यचौकी पुग्ने बाँकी ५५० मिटर खण्डमा पिसिसि ढलान भइरहेको छ । तर पिसिसि ढलानका क्रममा प्राविधिक स्टिमेट अनुसार सव–वेस नलगाएको, ढलानमा रडको प्रयोग नगरिएको, ड्रेन र पर्खाल नबनाई गुणस्तरहीन काम गरेको गठबन्धन पक्षीय नेताको दावी छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को पुर्वाधार विकास कार्यक्रम शिर्षकको ७८ लाख (कन्टेन्जेन्सी कट्टा गरी)मा पिसिसि ढलानको काम सुरु गरिएको हो । स्टीमेट कुल्चिएर काम भएको भन्दै गठबन्धन पक्षधरले विरोध जनाएपछि पटक–पटक पिसिसि ढलानको काम रोकिएको थियो ।

एमालेबाट निर्वाचित वडाध्यक्ष चौहानमाथि भेला नगरी आफुखुसी सडक ढलान उपभोक्ता समिति गठन गरेको, बदनियतपुवर्क किर्ते कागजात खडा गरी अनूकुल उपभोक्ता समिति गठन गरेको, उपभोक्ता समितिका सदस्य नै समितिको अध्यक्ष एवं पदाधिकारीका बारेमा बेखबर रहेको, योजनाको लागत रकम, स्टीमेट र कामको प्रकृति बारे थाहा नपाएको, कतिपयलाई झुक्याएर समितिमा राखेको आरोप छ ।

गत १९ पुसमा अनुगमनमा पुगेको नगरपालिकाका प्राविधिकले गुणस्तरहीन काम भएको भन्दै काम रोक्का गरेको, निर्माणकै चरणमा सडकको ढलान पड्किएको र सव–वेस नलगाइएकाले मुनिबाट ओढार परिसकेको गठबन्धन दलको दावी छ । वडाध्यक्ष चौहानले भने राजनैतिक पुर्वाग्रह राखेर सडक ढलानमा अवरोध सिर्जना गरिएको बताउँछन् ।

वर्षाले खोतलियो कालोपत्रे

मध्यपहाडी लोकमार्गदेखि केहीमाथि रहेको वडा कार्यालय पुग्ने सडकको कालोपत्रे भलपानीले खोतलेको छ । मध्यपहाडी कालोपत्रेको काम गरेको रमण गोल्डेन गुड जेभीका प्रतिनिधि साङ्गे शेर्पाले आर्थिक वर्ष २०७७/०७८ मा वडा कार्यालय जाने सडकको ३२० मिटर खण्ड कालोपत्रे गरिदिएका थिए । वर्षाको भलपानी कारण नाली खोतलिएर खोल्सो बनेको देखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।