विराटनगरबाट १०४ ग्राम ब्राउन सुगर सहित युवक पक्राउ
विराटनगर । मोरङ प्रहरीले विराटनगरबाट १०४ ग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
असार ८ गते विशेष सूचनाका आधारमा सीआरभी भट्टाचोक मोरङ र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले विराटनगर महानगरपालिका–४ मा चेकजाँच गर्ने क्रममा सुनसरीको दुहबी नगरपालिका–१२ निवासी २१ वर्षीय धनकुमार यादवलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनको साथबाट १०४ ग्राम ब्राउन सुगर बरामद गरिएको छ। पक्राउ परेका यादवमाथि जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।


