जब राईले ‘जातीय विभेद गर्दिनँ’ भने…

खोटाङ । जातीय विभेद नगर्ने प्रतिबद्धता जनाउने खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका श्यामकुमार राईलाई सम्मान गरिएको छ । राष्ट्रिय छुवाछुतमुक्त दिवसको अवसरमा आयोजित सार्वजनिक कार्यक्रममार्फत् आगामी दिनमा कुनै पनि जातीय विभेद नगर्ने घोषणा गरेका राईलाई नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटेहाङ कमिटीले सम्मान गरेको हो । राईलाई दोसल्ला ओढाएर अबिर लगाइदिएर सम्मान गरिएकोे नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका पालिका कमिटी सचिव युवराज कालिकोटेले बताए ।

छुवाछुतमुक्त दिवसको अवसरमा आयोजित महिना दिने कार्यक्रममा राईले सबै मान्छे एक भएकाले कसैले कसैलाई विभेद नगर्न आह्वान गरेका छन् । उनले आफ्नो घरमा जुनसुकै जातिलाई प्रवेश गर्न रोकतोक नहुने घोषणा गरेका छन् । ‘म बिन्दबहादुर राईको छोरा श्यामकुमार राई हो । म अहिले ३९ वर्ष पुगेँ । हामी सबै मान्छे-मान्छे एक हौँ । कसैले कसैलाई विभेद गर्नु हुँदैन,’ राईले घोषणा गर्दै भने, ‘मेरो घरमा जो सुकै आएर पस्न सक्नुहुन्छ । बरु केही साथीहरू आएर मेरो घरमा पस्न डराउनुुहुन्छ । नडराउनुस्, कुनै छेकवार छैन ।’

गत २२ जेठमा खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीबाट सुरु गरिएको एक महिने राष्ट्रिय छुवाछुतमुक्त दिवस खोटेहाङ गाउँपालिका–७ खोटाङबजार पुगेर समापन गरिएको छ । दिवसको अवसरमा संघले दलित समुदायको सामाजिक र आर्थिक परिवर्तनका लागि स्थानीय सरकारसमक्ष जनचेतनामुलक, क्षमता विकास र सघन क्षेत्र विकास कार्यक्रम गर्न माग राखेको छ ।

यस्तै, ‘जातीय छुवाछुत गर्दिनँ’ भन्ने स्वघोषणा गर्ने/गराउने, जातीय छुवाछुत गर्नेलाई सरकारी सेवासुविधाबाट बञ्चित गर्ने व्यवस्था गर्न, प्रत्येक वडामा दलित शिर्षकमा बजेट विनियोजन गर्न लगायतमा माग राखिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले जनाएको छ ।

दिवस समापनको अवसरमा दलित समुदायका १८ जनालाई १० हजार बराबरको औजार र २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको सचिव कालिकोटेले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।