लायन्स क्लब अफ पन्चकन्याद्धारा अमाह सिमसारमा एक हजार वृक्षरोपण

धरान । लायन्स क्लव अफ पञ्चकन्याले वराहक्षेत्र नगरपालिका स्थित पुर्वकै पर्यटकिय रुपमा परिचित अमाह सिमसारमा विभिन्न प्रजातिका एक हजार वटा फलफुल र रुखको विरुवाहरु रोपेका छन ।

आमाह वन उपभोक्ता समुह र धरान सरोकार समाजको सहकार्यमा गएको शनिवार वृक्षरोपण कार्यक्रमको आयोजना गरि विरुवा रोपिएको हो । अमाह सिमसार धरान देखि करिव आठ किलोमिटर वराहक्षेत्र नगरपालिका ४ र ५ न. वडामा पर्दछ । आन्तरिक पर्यटकहरुमा आमाह सिमसार चर्चित वन्दै गइरहेको छ । वन उपभोक्ता समितिले आन्तरिक पर्यटकलाई लक्षित गरेर सिमसार घुम्न आउनेहरुलाई मनोरञ्जनका लागि वोटिङ्ग, पिकनिक स्थल लगायतको निर्माण गरेका छन ।

पर्यटकिय स्थलको रुपमा चर्चित रहेको अमाह सिमसार क्षेत्रमा परिवार संग घुम्न आउदा कुनै पनि जंङ्गली पशुपक्षिहरु नदेखे पछि स्थानिय संग जिज्ञाशा राख्दा पशुपक्षिको आहार हुने वोट विरुवा नभएको कारण पशुपक्षि नदेखिएको वताए पछि लायन्स कल्ब अफ पञ्चकन्या र अमाह वन उपभोक्ता समुह संग सहकार्य गरि जंगलि पशुपक्षिको आहारा हुने खालको फलफुलको विरुवा सहित वृक्षरोपण गरिएको धरान सरोकार समाजका सल्लाहकार सरु जोशिले वताइन ।

यसले नेपालमा वढ्दो जलवायु परिवर्तनको असरलाई पनि न्युनिकरण गर्नमा सहयोग पुग्ने वताइन । बृक्षरोपन कार्य कार्यक्रमका प्रमुख अतिथी डिस्टृक गभर्नर पिएमजीफ ३२५ धिरज गुरुङ्गले बिरुवा रोपेर सुरु गरेका थिए ।

वृक्षरोपण कार्यमा अम्वक, अमला, तितिरी, शिरिस, सजिवनि, किम्वु, वेल, अशोक, अर्जुन, रक्तचन्दन, पिपल, तेजपत्ता लगायत। ३३ प्रजातिको विरुवा रोपिएको आयोजक लायन्स क्लव अफ पञ्चकन्याका अध्यक्ष एकता श्रेष्ठले वताइन ।

क्लवले लायन्स क्लवको सिद्धान्त अनुसार शिक्षा, स्वास्थ्य र वातावरण संग सम्वन्धित सामाजिक कार्यहरु गर्ने योजना रहेको कार्यकममा जानकारी गराइन । क्लवले चाडै नै पैशाको अभावमा पढ्न नपाएकाहरुलाई लक्षित गर्दै वान रुपिस फर एजुकेशन अभियान सुरु गर्ने वताइन । क्लवले यहि विहिवार धरान १५ मा रहेको वमधारा खानेपानी मुहान संरक्षणका लागि सात सय वटा फलफुलका विरुवा रोपेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ऋषि राई , बराहक्षेत्र ५ न. वडाध्यक्ष रोहित काफ्ले , अमाह बन उपभोक्ता समूह अध्यक्ष भोजराज घले, धरान सरोकार समाज अध्यक्ष प्रभु श्रेष्ठ , एमजेएफ लायन्स रेखा गुरुङ्ग, युवा समाजसेवि सम्राट श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।