प्रदेश १ को नामाकरण पहिचानको आधारमा नगरिए निर्णायक आन्दोलन गर्ने चेतावनी

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामाकरण पहिचानको आधारमा नभए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रदेश १ प्रदेश सभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी थालेसँगै नामाकरणको विषयले प्रदेश १ को राजनीति तातिएको बेला महासंघले यस्तो चेतावनी दिएको हो ।

महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले विज्ञप्ति जारी गर्दै आदिवासी जनजातिको पहिचानविपरीत प्रदेश नं. १ को नामाकरण गर्ने दुश्प्रयास भइरहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ- ‘आदिवासी जनजातिको अपेक्षा र अनुरोधलाई बेवास्ता गरी पहिचानको मूल भावनालाई सम्बोधन नगरी आदिवासीय पहिचानविपरीत प्रदेश नं. १ को नामाकरण गर्ने दुश्प्रयास भएमा त्यसविरुद्ध नेपाल आदिवासी जनजाती महासंघले सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिन्छौं ।’

ऐतिहासिक थाकथलो, भाषा, संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी नामाकरण हुनुपर्नेमा त्यसविपरीत विभिन्न षडयन्त्र भइरहेको भन्दै महासंघले विज्ञप्तिमार्फत भत्सना गरेको छ ।

प्रदेशको नामाकरण पहिचानको आधारमा नगरिए आन्दोलन गर्ने चेतावनी दिएको महासंघले पहिचानका आधारमा नामाकरणका लागि सरोकारवाला सबै पक्षसँग अपिलसमेत गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।