फरार प्रतिवादी राई पक्राउ
सुनसरी, असार २८ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह RIT बाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०७।०८ गतेको सजाय निर्धारण फैसला अनुसार सवारी मुद्दामा २ वर्ष ११ महिना ८ दिन कैद र ६ सय रुपैया जरीवाना भएता पनी कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका ईटहरी-२ बस्ने २१ बर्षीय मन्दिप राईलाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई अदालत उपस्थित गराईएकोमा कैद तथा जरीवाना भुक्तानको लागी झुम्का कारागार सुनसरी पठाइएको हो ।


