वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता

फुङ्लिङ, २९ असार । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ज्येष्ठ नागरिक तथा शारीरिक अशक्ततता भएकालाई सहज बनाउन वडाबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्न लागिएको हो ।

नयाँ आर्थिक वर्ष २०७९÷८० को साउन दुई गतेदेखि पालिकाका ६ वटै वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको प्रबन्ध गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार सामाजिक सुरक्षा भत्ताको चालु आर्थिक वर्षको तेस्रो चौमासिक किस्ता पालिकाका सबै वडा कार्यालयमार्फत वितरण गरिने छ । त्यसका लागि कार्यतालिकासमेत बनेर सार्वजनिक गरिसकेको गोम्देनले जानकारी दिनुभयो ।

पालिकाको केन्द्रमा रहेको बैंकमार्फत सो भत्ता वितरण हुँदा सेवाग्राहीलाई आउनजान झन्झट हुने र भत्ता लिने क्रममा आउँदा–जाँदा अनावश्यक खर्चसमेत हुने भन्दै वडाबाट प्रदान गरिने व्यवस्था गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।