बोलेरो दुर्घटना हुँदा ९ जना घाइते

उदयपुर । सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका– ४ अड्डाकुनामा दुर्घटना हुँदा बोलेरोमा सवार ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

कटारी बजारबाट कटारी नगरपालिका–१३ मयंखु जाँदै गरेको बोलेरो दुर्घटना भएको हो । दिउँसो मयांखु जाने क्रममा कटारी नगरपालिका–४ अड्डाकुनामा प्र.२–०१–००१ च ०२४३ नम्बरको बोलेरो दुर्घटना हुँदा ९ जना गम्भीर घाइते भएका हुन् । घाइतेको कटारी अस्पतालमा प्राथमिक उपचारपछि घाइतेहरूलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूमा कटारी नगरपालिका–८ का २२ वर्षीय मनोज ठकुरी टाउको र ढाडमा, ५५ वर्षीय उर्मिला ठकुरी, ५० वर्षीय कृष्णबहादुर बुढाथोकी, २० वर्षीय राज ठकुरी, कटारी नगरपालिका १३ का ३१ वर्षीय हिरा खड्का, कटारी नगरपालिका ११ का १८ वर्षीय दिवस बस्नेत, ५० वर्षीय इन्द्रबहादुर मगर ,कटारी नगरपालिका–४ मरुवा खानीका २२ वर्षीय दिपेश कोइराला, इटहरी उपमहानगरपालिका–४ का ५० वर्षीय निर्मल भुजेल रहेका छन् । चालक भने फरार रहेका छन् । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।