सहिदभुमिलाई सजाउँदै एमकुमार वालिङ

जीवनप्रसाद राई । सहिदभुमि गाँउपालिकामा २०३४ सालमा आमा बिमला राई र बुवा रामकृष्ण राईबाट जन्मिएका एम कुमार वालिङ राईले २०५९ सालमा उत्तरपानी प्राबिधिक शिक्षालयबाट (बाली बिज्ञान) कृषि प्राबिधिक अध्ययन सकेका थिए । उनले हाल सहिदभुमि गाँउपालिका वडा नम्बर ३ मा वालिङ मिश्रित फलफुल नर्सरी फर्म दर्ता गरि संचालनमा ल्याएका छन । धेरै जसो कृषि ब्यवसायमा लागेका ब्यक्तिहरु बैदेशिक रोजगारीबाट फर्केका हुन्छन वा परम्परागत रुपमा । उनी चाँहि नेपालमै बिभिन्न गैर सरकारी संस्थाहरुमा ११ बर्ष कृषि प्राबिधिकको रुपमा कार्य गरि अनुभवले खारिएर आफ्नै गाँउ बनाउ र आफ्नै ठाँउ बनाउ भन्ने हेतुले नर्सरी ब्यवसाय तथा कृषि उत्पादन उधमशाला स्थापना गरेका हुन ।

२०७४ सालमा स्थापना भएको उनको मिश्रित खालको कृषि तथा नर्सरी फर्मलाई सिकाई केन्द्रको रुपमा लिन सकिन्छ । उनको फर्ममा अहिले अर्गानिक खेतीमा प्रयोग हुने बिभिन्न खालका मल, रसादीको उत्पादन, प्रयोग र परिक्षणका अभ्यास भईरहेका हुन्छन । थोरै जमिनमा समेत धेरै उत्पादन लिन सकिने खालका आधुनिक कृषि प्रणालीको बिकास उनको ध्येय हो । मर्मिकम्पोष्ट र हरियो झोलमलको अभ्यास गर्दै बाली बिरुवाको उत्पादन गर्ने कार्यमा समेत लागेका छन । जस्को नतिजा निकै राम्रो आईरहेको छ । तरकारीका बेर्ना उत्पादन गर्नुका साथै वरपरको बेमौसमी तरकारीको मागलाई समेत पुर्ति गर्ने काममा उनी लागेका छन ।

उनले संचालन गरिरहेको फर्मलाई कृषि सुचना केन्द्रको रुपमा लिन सकिने मात्रै होईन । यसमा बिभिन्न ठाँउबाट अध्ययन अनुसन्धानका लागि समेत कृषिका बिधार्थीहरु आउनुपर्ने देखिन्छ । उनी कुनै पनि समय फुर्सादमा हुदैनन प्राय आफ्नै फर्ममा कार्य गरिरहेका हुन्छन । फुर्सादको समयमा रोग, किरा तथा अन्य बाली संरक्षणका उपायहरुको बारेमा खोज अनुसन्धानमा कार्यरत रहन्छन । यसका साथै उनी बिभिन्न संघ संस्था तथा सरकारी कार्यालयहरु मार्फत तरकारी खेती, मौसमी तथा बेमौसमी खेती, टनेल प्रबिधि, माटोको उर्वरशक्ति बढाउने उपाय, झोलमल तथा रसादी निर्माणको बारेमा तालिम तथा गोष्ठीहरुमा सहभागी भईरहन्छन र तालिम समेत दिईरहन्छन ।

कृषि प्राबिधिकको कृषि फर्म र कर्म:

नेपालमा अक्सर कृषि प्राबिधिकहरु आजीवन जागिरै गर्न रुचाउँछन कोही एकाध मात्रै कृषि पढेर कृषि कर्ममा जुट्ने गर्दछन । यसमा एम कुमार वालिङ पनि एक हुन । उनले पनि जागिरको दौरानमा २५ जिल्लामा काम गरे । प्रसस्त्रै मात्रामा अनुभव पनि लिए जागिरे जीवनको । उनको अनुभव जति बढ्दै जान्थ्यो त्यति नै उनको तलब पनि बृद्धि हुदै थियो । तर उनलाई जागिरे जीवन बिताएर सधै अर्काको गाँउमा अरुको लागि काम गर्नु मन परेन । आफ्नै गाँउमा कृषिको नमुना कार्यहरु गर्नुपर्छ भनेर हुटहुटी भई रह्यो । जागिरे जीवनबाट चटक्कै अलग हुन पनि निकै कठिन बिषय हो । किनकी खाईपाई आएको सेवा सुबिधाहरु मानिसले छोड्न कठिनै हुन्छ । तर त्यहि कठिन जीवनलाई रोज्न पुगे उनी । एकातिर खाईपाई आएको सेवा सुबिधाहरुलाई छोड्नुपर्ने र अर्कोतिर कृषि कर्ममा लगानी गरिरहनुपर्ने दुवै कठिन बिषयलाई एकसाथ अगाल्न पुगे ।

उनी अहिले आफु भन्दा पछिल्लो पुस्तालाई कृषि पढेर जागिर भन्दा पनि कृषि कर्ममा लागौ भन्ने सन्देश दिदै कृषिमा नमुना कार्यका लागि खटिरहेका छन । उनको फर्म केवल उत्पादनको केन्द्र मात्रै नभएर बहुमुखी पाठशाला, कृषक पाठशाला, सिकाई केन्द्र, अर्गानिक मल तथा रसादी उत्पादन केन्द्र, अर्गानिक तरकारी उत्पादन केन्द्र, शिक्षणशालाको रुपमा परिचित हुदै गएको छ । उनको फर्ममा पछिल्लो समय केही जिल्लाबाट भ्रमणका लागि मानिसहरु आउने गरेका पनि छन । यसका साथै उनको फर्ममा कृषिमा ईन्टर्नसीप गर्न चाहनेहरुका लागि निकै महत्वको रहेको देखिन्छ । पछिल्लो समयमा अर्गानिक शब्दले निकै बजार पाएको सन्दर्भमा उनको फर्ममा एकपटक भ्रमण गर्नु निकै राम्रो तथा फाईदा हुनेछ । लामो समयको जागिरे जीवन तथा बिभिन्न गैर सरकारी संस्थाहरुले प्रयोगमा ल्याएका अभ्यासहरु अहिले उनले आफैले गरिरहेका छन । यसले धेरै सरोकारवालाहरुलाई सहयोग प्रदान गर्नेछ ।

सबैका लागि उदाहरणीय कार्य:

कृषि प्राबिधिक एम कुमार वालिङले गरेका कार्यले अरुका लागि उदाहरण बनेको छ । जस्तै उनी आफै कृषि प्राबिधिक भएर लामो समय जागिरे जीवनको अनुभव प्राप्त गरे । जागिरलाई प्रमुख महत्व दिने नेपाली समाजमा जागिरे जीवनको भीडबाट बाहिर निस्केर एक उदाहरण बनेका छन । कृषि पढेर जागिर भन्दा पनि कृषि पेशामा लाग्न सक्दा सामान्य कृषकहरु भन्दा फरक तरिकाले काम गर्न सकिन्छ भन्ने उनले उदाहरण प्रस्तुत गरेका छन । यसैगरि यो सहिदभुमि गाँउपालिकाका लागि एक राम्रो उदाहरण हुनुका साथै यसबाट यो क्षेत्रमा पर्यटकहरु भित्राउनका लागि काम गर्न सकिनेछ । उनको यो कार्यले समग्रमा धनकुटा जिल्लामा समेत एक अर्गानिक नमुना केन्द्रको रुपमा बिकास भएको मान्न सकिन्छ ।

 

यसबाट धनकुटा जिल्लाको समग्र सातवटै पालिकाहरुले फाईदा लिन सक्नेछन । एम कुमारले शुरु गरेको यो कार्य आफैमा उदाहरण हो । यसलाई धनकुटा जिल्लाले अपनत्व लिई त्यही अनुसार प्रचार प्रसार तथा सबैको साथ सहयोग हुन समेत जरुरी रहेको देखिन्छ । उनको फर्मले नेपालको नीति निर्माणमा समेत योगदान पुग्ने भएकोले यसलाई नीतिगत रुपमा भ्रमण हुने थलोको रुपमा बिकास गर्नका लागि सहिदभुमि गाँउपालिकाले पहल गर्न आवश्यक देखिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।