ताप्लेजुङमा च’ट्याङ लागेर एक जनाको मृ’त्यु, दुई घाइते

फुङ्लिङ, ३१ असार । ताप्लेजुङमा च’ट्याङ लागेर बिहीबार एकजनाको मृ’त्यु भएको छ भने दुई घाइते भएका छन् । मृ’त्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् ।

मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् । घाइते दुवै जना स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । (रासस)

टिकापुरमा घण्टाघरका घडी ठप्प
भजनी, ३१ असार (रासस):सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले कैलालीको टीकापुरमा घण्टाघर निर्माणका लागि रोयल प्रशंसा जेभीसँग सम्झौता ग¥यो । घण्टाघर निर्माणका लागि एकाइले रोयल प्रशंसासँग २०७५ फागुन १९ गते सम्झौता गरेको थियो ।

सम्झौताअनुसार निर्माण कम्पनीले २०७७ भदौ २५ गते काम सम्पन्न गर्नुपर्ने भए पनि कोरोना सङ्क्रमणका कारण काम लम्बियो । केही महिना अगाडिमात्रै निर्माण सम्पन्न गरी टीकापुर नगरपालिकालाई हस्तान्तरणको तयारी गरिए पनि घण्टाघरमा राखिएका चार घडीले भने समय दिन छाडेका छन् । टीकापुर नगरपालिकाका नगर उपप्रमुख खड्कबहादुर शाहले निर्माण कम्पनीले नगरपालिकालाई घण्टाघर हस्तान्तरण गर्न बाँकी रहेको बताउनुभयो ।

घण्टाघरमा जडान गरिएका घडी विद्युतीय हुन् । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइका इञ्जीनियर मोहन अवस्थीले घडी ठप्प रहेकोबारे पत्ता लगाइने बताउनुभयो । रोयल प्रशंसा जेभीका सञ्चालक दीर्घराज जोशीले प्राविधिक कारणले घडी ठप्प भएको हुनसक्ने बताउनुभयो । “प्राविधिक समस्याका कारण त्यसो भएको हुनसक्छ”, उहाँले भन्नुभयो, “प्राविधिकलाई बोलाएर घडी चल्ने बनाउँछौँ ।”

निर्माण कम्पनीले चार घडी रु आठ लाखमा खरिद गरेको जोशीले जानकारी दिनुभयो । घण्टाघर निर्माणका लागि रोयल प्रशंसासित रु तीन करोड २६ लाख ४२ हजारमा सम्झौता भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।