मेलम्चीवासीको समस्या समाधान गरेर मात्र पानी काठमाडौँ लैजान आग्रह

सिन्धुपाल्चोक, ३२ असार । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले मेलम्चीवासीको समस्या समाधान गरेर मात्र यहाँको पानी काठमाडौँ लैजान आग्रह गर्नुभएको छ । बाढीले तहसनहस बनाएको हेलम्बुलाई सङ्घीय सरकारले बेवास्ता गरेको उहाँको गुनासो थियोे । स्थानीय सरकार र केन्द्र सरकारबीच तालमेल नमिल्दा विगत लामो समयदेखि काठमाडौँवासीको सपनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजना फेरि अन्योलमा परेको छ । स्थानीयवासीका समस्याप्रति आयोजना र सङ्घीय सरकार उदासीन रहेका कारण मेलम्चीको भविष्य अन्योलमा परेको अध्यक्ष शेर्पाको आरोप थियो ।

पछिल्लो समय गत असार र साउनमा आएको भीषण बाढीले बाटोघाटो पुलपुलेसा सबै बगाएपछि अवरुद्ध भएको आयोजनामा गाउँपालिकाकै सक्रियता र सहयोगमा सञ्चालन भएको थियो ।
मेलम्चीको पानी काठमाडौँ पठाउने क्रममा गत चैत २९ गते उक्त गाउँपालिकाले स्थानीयवासीको समस्या समेटेर खानेपानीमन्त्री उमाकान्त चौधरीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ११ बुँदे ध्यानाकर्षण पत्र पठाएको थियो ।

मेलम्ची खानेपानी पीडित क्षेत्रका बासिन्दाका लागि सञ्चालित स्थानीय सामाजिक उत्थान कार्यक्रम (सुप) स्थानीय सरकारमार्फत सञ्चालन गर्नुपर्ने, स्थानीयवासीले पाउने खानेपानीको महसुल लेवीको टुङ्गो लगाउनुपर्ने, स्थानीय बाढीपीडितहरुलाई कम्तीमा प्रतिपरिवार रु २० लाख उपलब्ध गराउनुपर्ने, बाढीका कारण बगेका व्यवसायीहरुको व्यवसाय पुनःस्थापनामा सहयोग गर्नुपर्नेलगायत मागहरु उक्त ध्यानाकर्षणपत्रमा समेटिएको थियो ।

हेलम्बुका समस्याबारे जानकार हुँदाहुँदै र पटक–पटक स्थानीय जनसरोकारका विषयमा अवगत गराउँदा पनि नेपाल सरकारको आव ०७९÷८० को नीति तथा कार्यक्रम र बजेटमा समेत आयोजनाका विषयमा एक शब्द पनि नबोलिनु दुःखद भएको गाउँपालिका अध्यक्ष शेर्पाले गुनासो गर्नुभयो । उहाँले आयोजनामा अफ्ठ्यारो पर्दा स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम गरेर केन्द्र सरकारलाई सहयोग गरे पनि आफूहरुको समस्या समाधानमा भने चासो नदेखाएको उहाँको गुनसो थियो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।