दिक्तेल रुपाकोट बन्यो पूर्ण खोप सुनिश्चितता नगर

खोटाङ, ३२ असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । दुई वर्षमुनिका सबै बालबच्चाले सबै किसिमका खोप पाएको सुनिश्चित भएपछि नगरपालिकालाई शनिबार पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो । जिल्ला समन्वय समितिको समीक्षालय हलमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरेका हुन् ।

आर्थिक वर्ष २०७८र०७९ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समूहका सबै ६५१ बालबच्चाले सबै खालका खोपको मात्रा पाएको निश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापनिज इन्सेफइटिस लगायतका १३ रोग विरुद्धको खोपको मात्रा पूर्णरुपमा पाएको आधारमा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको हो । सामान्यतः १५ महिनामा दादुराको दोस्रो खोप लगाइसकेपछि बच्चाले पूर्ण खोप पाएको मानिन्छ । कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको दिगोपनाका लागि तन, मन र वचनले प्रतिबद्ध रहेको भन्दै प्रतिबद्धता–पत्रमा हस्ताक्षर सामूहिक गरेका छन् ।

नगर खोप समन्वय समितिको सिफारिसका आधारमा गरिएको ‘र्‍याण्डम’ अनुगमनपछि जिल्ला खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चितता घोषणाका लागि दिएको अनुमतिका आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रमको अवसरमा स्वास्थ्य चौकी दोर्पाचिउरीडाँडाकी महिला स्वास्थ्य स्वयंसेविका तारादेवी राईलाई नगद १५ हजार सहित उत्कृष्ट स्वयंसेविका पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देल, दलका नेता, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।

गत १५ असारमा हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको थियो । खोटाङलाई १४ पुस २०७४ मा ३१ औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।