उदयपुरमा नियन्त्रित ला’गुऔ’षध ट्या’ब्लेट सहित ३ जना पक्राउ
उदयपुर, साउन १ । उदयपुरको बेलका नगरपालिका-१ बाट नियन्त्रीत ला’गुऔ’षध ट्या’ब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ला’गुऔ’षधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ८ बजेको समयमा तिन जनालाई ला’गुऔ’षध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बेलका नगरपालिका-५ का २४ बर्षीय सुदिप राई र २७ बर्षीय प्रदिप बस्नेत तथा चौदण्डीगढी नगरपालिका-२ का २१ बर्षीय ठगिन्द्र मगर रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले टा’माडोल ४९५ ट्याब्लेट, डा’ईजोपाम ३४ एम्पुल, फे’नारागन २४ एम्पुल, फे’रिमाईन, ३ एम्पुल, लिजेपिक २१ एम्पुल र १ थान सिरिन्ज समेत बरामद गरेको छ ।
ला’गुऔ’षध सहित पक्राउ गरेको उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
गजल, कविता, साहित्य लेखिएका सवारीसाधान कारबाहीमा
तनहुँ, १ साउन (रासस) :जिल्ला ट्राफिक कार्यालयले सवारी साधनमा गजल, कविता तथा समाजमा विकृति ल्याउने किसिमका साहित्य लेखिएका ३५० सवारी साधनलाई कारबाही गरेको छ ।
उक्त सवारी साधानलाई कारबाहीस्वरुप जरिवाना गर्दा रु एक लाख ५० हजार सङ्कलन भएको सो कार्यालयले जनाएको छ । सवारी साधनमा लेखिएका अश्लिल, अपाच्य गालीगलौच, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने किसिमका कविता, गजल र साहित्यलगायतका लेख हटाउन थालेको हो ।
अगाडिका सवारी साधनमा लेखिएका त्यस्ता लेखप्रति पछाडि गुडिरहेका अन्य सवारी चालकको ध्यान जाँदा दुर्घटना हुने गरेको पाइएकाले यस्ता लेख हटाउन अभियानकैरुपमा लागेको ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो ।
सवारी साधनमा समाजमा पच्न नसक्ने तथा विभिन्न वर्ग, समुदायलाई असर पर्ने लेख र दुईअर्थी शब्द देखिने गरेकाले अभियानमार्फत हटाउन थालेको उहाँले बताउनुभयो । उक्त अभियानले सवारी दुर्घटनामा न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । यस किसिमका साहित्य लेखिएका सवारी साधनलाई रोकेर स्टीकर भए उप्काएर हटाउने र लेखिएको भए मेटने कार्य गरिएको छ ।
त्यसैगरी ट्राफिक प्रहरीले सवारी साधनका सिसामा कालो प्लाष्टिक टाँस्ने गरेको पाइएकाले त्यस्ता कार्यलाई समेत बन्देज लगाएको छ । सवारी साधनमा कालो स्टीकर टाँस्दा भित्र के भइरहेको छ भन्ने देख्न नसकिने भएकाले हटाउन लगाइएको प्रहरी नायब निरीक्षक नेपालले जानकारी दिनुभयो ।


