भोजपुरमा ट्रयाक्टरको ठ’क्करबाट बा’लकको मृ’त्यु, चालक फरार
भोजपुर, ६ साउन । भोजपुरको भोजपुर नगरपालिका–१२ चौतारामा हिजो साँझ ट्रयाक्टरको ठ’क्करबाट एक जना बालकको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा स्थानिय सुन्दर तामाङका ४ बर्षीय छोरा मेन्सन तामाङ रहेका छन् ।
टक्सारबाट गुम्बातर्फ जाँदै गरेका मे १ त ४७४४ नम्बरको ट्रयाक्टरको ठक्करबाट हिजो साँझ ६ बजे बालकको घटनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
शवलाई पोष्टमार्टको लागी जिल्ला अस्पताल पठाइएको छ भने दुर्घटनामा संलग्न चालक फरार रहेकाले खोजी भइरहेको छ ।


