आजदेखि स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय भेला

पोखरा, ६ साउन । स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला अध्यक्ष सचिवहरुको दुई दिने राष्ट्रिय भेला शुक्रबारदेखि सुरु हँंदैछ । भेला पोखरा महानगरपालिका ११ काहुँंकोटमा सुरु हुने भएको हो । भेलाका लागि बिहीबार नै देशका विभिन्न जिल्लाहरुबाट पोखरा आइपुगेका थिए । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाहरुबाट अध्यक्ष सचिवहरु पोखरा पुगिसकेका थिए ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले केन्द्र र जिल्लाहरुका भावी योजना तयारीका लागि भेला आयोजना गरिएको जनाए । महासचिव महेश विक्रम कुँवरले भेलाका लागि काठमाण्डौ उपत्यकाका जिल्ला अध्यक्ष, सचिव र राष्ट्रिय पदाधिकारीहरु बरिष्ठ उपाध्यक्ष केबी सम्राट, उपमहासचिव रत्नकाजी प्रजापति र कोषाध्यक्ष बद्रीबहादुर दुलालको आगमनलगायतका व्यक्तिहरू बिहीबार नै पोखरा पुगेको जानकारी गराए ।

यस्तै काठमाण्डौ जिल्ला अध्यक्ष पुस्करराज पाण्डेका साथ माता भद्रकाली, ललितपुर जिल्ला अधक्ष उपेश नौबाग र भक्तपुर जिल्लाबाट केन्द्रीय पार्सद कृष्ण किसी र राष्ट्रिय सल्लाहकार डा. इन्दुल केसी र अछाम जिल्ला अध्यक्ष बिष्णुबहादुर खड्कालगायतको बिहीबार पाेखरा आइपुगेकाे उनले बताए ।

भेलाका लागि राष्ट्रिय पदाधिकारीहरू संस्थापक अध्यक्ष एवं अध्यक्ष कृष्णप्रसाद बास्तोला, बरिष्ठ उपाध्यक्ष केबी सम्राट, उपाध्यक्षद्वय वीरेन्द्र पाण्डे, लक्ष्मी गुरुङ, महासचिव महेशविक्रम कुँवर, उपमहासचिवद्वय सुरेश श्रेष्ठ, रत्नकाजी प्रजापतिलगायतका राष्ट्रिय पदाधिकारीहरुको पुगेका छन् ।

भेला भोलि शनिबारसम्म चल्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।