ब्रा’उन सु’गर सहित एक जना पक्राउ

झापा, श्रावण ९ । झापाको शिवसताक्षी नगरपालिका १ धरमपुर चर्चाबारी स्थितबाट ला’गुऔ’षध ब्रा’उन सु’गर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान शुक्रबारे बस्ने २१ बर्षीय किरण श्रेष्ठ रहेका छन् ।

हिजो बेलुका ६ बजे ईलाका प्रहरी कार्यालय दमक र ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई ला’गुऔ’षध ब्रा’उन सु’गर १ ग्राम ६०० मिलि ग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका श्रेष्ठको ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।

पैसा खर्च गर्न सकिएन भने चुनाव जित्न सकिन्न्: प्रचण्ड
काठमाडौं, ९ साउन/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको मिश्रित निर्वाचन प्रणाली महंगो भएको भन्दै पुर्नविचार गर्नुपर्ने तर्क गरेका छन । नरबहादुर कर्मचार्यको ९ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा हालको निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै प्रचण्डले पुर्नविचार गर्नुपर्ने तर्क गरेका हुन ।

‘चुनावमा खर्च गर्न सकेन र अनेक खालको तिकडम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गार्‍हो छ’, प्रचण्डले भने, ‘एउटा गाउँपालिकाका अध्यक्ष १० करोड खर्च गरेको सुनिएको छ । गाउँपालिका अध्यक्ष १० करोड खर्च गर्ने भनिएपछि प्रतिनिधिसभाको चुनाव जित्न त ५० औं करोड खर्च गर्नुपर्ने भयो । यस्ताे निर्वाचन प्रणालीले त नराम्रो भुमरी र भडँखालोमा लैजान्छ ।’

प्रत्यक्ष निर्वाचित र समानुपाति निर्वाचित गरी हालको मिश्रित निर्वाचन प्रणाली महंगो भएको तर्क गरेका प्रचण्डले ‘चुनाव जित्ने बितिक्कै असुलीमा लाग्ने’ भएकाले भ्रष्टचार न्यूनिकरण हुन नसक्ने बताए । उनले वर्तमान निर्वाचन प्रणालीमा पुर्नविचार गर्नुपर्नेसमेत धारणा राखेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।