कर्मचारीको करार म्याद थप नगर्ने निर्णयविरुद्ध गाउँपालिका कार्यालय घेराउ

खोटाङ, ९ साउन । करारका कर्मचारीको करार अवधि थप नगर्ने निर्णयको विरोधमा एमालेले खोटाङको जन्तेढुंगा गाउँपालिको कार्यालय घेराउ गरेकाे छ । २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित एमालेका जनप्रतिनिधिले नियुक्त गरेका करारका ८१ जना कर्मचारीको १ साउनदेखि लागू हुनेगरी करार अवधि थप नगर्ने निर्णयविरुद्ध एमाले जन्तेढुंगा गाउँपालिका कमिटीले सोमबार बिहान १० बजेदेखि गाउँपालिकाको कार्यालय घेराउ गरेकाे हाे ।

करारका कर्मचारी नहटाउन भन्दै गाउँपालिकाका सबै वडा कार्यालयमा तालाबन्दी गरेको एमालेले गाउँपालिकाको कार्यालय घेराउ गरेको हो । यसअघि वडा कार्यालयहरूमा लगाइएको ताला बिना वार्ता र सहमति फोडेर खुलाइएकाले गाउँपालिकाको कार्यालय घेराउ गरिएको एमालेका जिल्ला कमिटी सचिवालय सदस्य शंखरबहादुर राईले बताए ।

एमाले नेता तथा कार्यकर्ताले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई कार्यालय भित्र प्रवेश गर्न नमिल्ने गरी छेकेर बसेका थिए । एमालेका नेता तथा कार्यकर्ता तीन घन्टाका लागि गाउँपालिकाको कार्यालय घेराउमा बसेका थिए, तर साेमबार बिहान ११.१५ बजे कार्यालय प्रवेश गरिएको गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए ।

६ वडामध्ये एमालेले साउन २ गते जन्तेढुंगा गाउँपालिका-४ डम्बर्खुशिवालय र ३ साउनमा अन्य वडामा ताला लगाएको थियो । त्यसमध्ये डम्बर्खुशिवालयमा लगाइएको ताला भने हालसम्म खोलिएको छैन । तर अन्य वडा कार्यालयमा लगाइएको ताला खोलिएको भन्दै एमाले पुन: आइतबारदेखि वडा कार्यालयमा तालाबन्दीमा उत्रिएको छ । एमालेले तालाबन्दी गरेपछि सेवाग्राही भने मारमा परेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।