इन्जा ग्रामीण पत्रकारिता पुरस्कार दीपा कर्णलाई

काठमाडौं, १० साउन । नेपाली पत्रकारहरूको अन्तरराष्ट्रिय सञ्जाल (इन्जा)ले यस बर्षको इञ्जा ग्रामीण पत्रकारिता पुरस्कार सप्तरीकी दीपा कर्ण र सिन्धुपाल्चोकको मेलम्ची रेडियोलाई प्रदान गर्ने निर्णय गरेको छ ।

५० पचास हजार धनराशीसहित कर्ण र मेलम्ची रेडियोलाई पुरस्कृत गर्ने इन्जा निर्णायक मण्डलले गरेको इन्जाका केन्द्रीय उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष टंक पन्तले जनाए ।

एक दशकदेखि सप्तरीको स्थानीय रेडियो हुँदै राष्ट्रिय संचार माध्यममार्फत मैथिली भाषाको बिकास, संरक्षण र प्रवद्र्धन एवं मधेशका समाचार प्रवाहमा उल्लेख्य योगदान पु¥याउँदै आइकी कर्णले ग्रामीण जीवन, त्यसमा पनि तराईमा लैंगिक समानताका लागि पत्रकारितामार्फत क्रियाशीलता बढाउदै आएकी छिन् ।

यस्तै ग्रामीण आवाजलाई उजागर गर्ने उदेश्यले ०६९ सालमा सिन्धुपाल्चोकको मेलम्चीमा प्रसारण सुरु भएको थियो । रेडियो मेलम्चीले १०७.२ मेघाहर्जबाट स्थानीय नागरिकलाई सुसुचित गर्ने र उनीहरूका आवाजलाई जस्ताकोतस्तै सम्प्रेषण गरेर सामुदायिक रेडियोको मर्मलाई आत्मसात गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।