प्रदेश नं. १ सरकार मन्त्रिपरिषद् बैठक : नाम परिवर्तन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ६ वटा विषयमा निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीका अनुसार, बैठकले महालेखा परीक्षकको चौधौं वार्षिक प्रतिवेदन, २०७९ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ पनि बैठकले स्वीकृत गरेको छ ।
यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका, २०७९ को मस्यौदा र सोही मन्त्रालयको विज्ञसहितको राजश्व अध्ययन कार्यदल गठन गर्ने सम्बन्धको प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ । आज बसेको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्ताव गरेको हामी स्वयंसेवी अभियान कार्यविधि, २०७९ पनि स्वीकृत गरेको मन्त्री कार्कीले जानकारी दिनुभएको छ ।

आजको मौसम : मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ११ साउन (रासस) :देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आङ्शिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ भने पूर्वमा सरदर स्थानको आसपासमा छ ।

हाल देशभर आङ्शिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर आङ्शिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव एक डिग्री र अधिकतम तापक्रम २७ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।