ला’गुऔ’षध सहित एक जना पक्राउ

मोरङ, श्रावण १२ । मोरङको बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट ला’गुऔ’षध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका ८ का ४० बर्षीय सन्तोष मानन्धर रहेका छन् ।

आज दिनको साढे ३ बजे ला’गुऔ’षध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका मानन्धरलाई ना’ईट्रोसन ५० ट्याब्लेट सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता
मुग्लिन, १२ साउन (रासस) :चितवनको एक मात्र इच्छाकामना गाउँपालिकाले टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।

गाउँपालिकाले वृद्धवृद्धाको सहजताका लागि बैंकसँग समन्वय गरेर हरेक वडाको टोलटोलमै कर्मचारी र जनप्रतिनिधि पठाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिका अध्यक्ष दानबहादुर गुुरुङले बताउनुभयो ।

सरकारले उक्त भत्ता अनिवार्य बैंकिङ प्रणालीमार्फत वितरण गर्नुपर्ने नियम लगाएपछि धेरैजसो बैंकमा भत्ता बुझ्ने बेला ज्येष्ठ नागरिक लामो समयसम्म लाइन बस्नुपर्ने हुँदा निकै कष्ट व्यहोर्नुपरेको थियो ।

विशेषगरेर भौगोलिक विकटताका कारण ज्येष्ठ नागरिकलाई घण्टौँ हिँडेर बैंकसम्म पुग्न कठिनाइ भएकामा टोलमै भत्ता वितरण गर्ने व्यवस्था मिलाइएपछि सहज भएको उहाँले जानकारी दिनुभयो। अध्यक्ष गुरुङले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई घण्टौँसम्म लाइन बस्नुपर्दा निकै कष्ट व्यहोर्नुपर्ने हुन्छ, वर्षायाममा ग्रामीण भेगमा सडकसमेत सञ्चालन नहुने भएकाले घण्टौैँ हिँडेर बैंकसम्म जानुपर्ने बाध्यतासमेत रहेको थियो ।”

गाउँमै भत्ता वितरण गरेपछि लाभग्राही पनि खुसी भएका छन् । वृद्धभत्ता बुझेपछि वडा नं ३ का रत्नबहादुर गुरुङले यसअघि बैंकमा पुगेर घण्टौँ लाइनमा बस्नुपरेको बताउनुभयो । आफ्नै घर नजिक गाउँटोलमा आएर भत्ता वितरण गरेकामा उहाँले जनप्रतिनिधिलाई धन्यावाद दिनुभयो ।

उक्त गाउँपालिकामा ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ«े बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।