प्रदेश नं १ मा दुध उत्पादनमा वृद्धि

विराटनगर, १३ साउन । प्रदेश नं १ मा आर्थिक वर्ष २०७८÷७९ मा कूल पाँच लाख २५ हजार एक सय ५५ मेट्रिक टन दुग्ध उत्पादन भएको छ । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार सो अवधिमा मासु आठ लाख ६६ हजार १९ मेट्रिकटन, अण्डा १४ करोड १९ लाख ९३ हजार र ऊन ४० हजार ८७९ किलो उत्पादन भएको हो ।

अघिल्लो वर्षको तुलनामा गएको वर्षमा दुग्ध ११ हजार छ सय २३ मेट्रिकटन, मासु एक हजार छ सय ४२ मेट्रिक टन, अण्डा ४९ लाख नौ हजार र ऊन चार सय सात किलो बढी उत्पादन भएको हो । प्रदेशभरिमा गाईगोरुको सङ्ख्या २० लाख ९९ हजार चार सय ९७, भैँसी–राँगो आठ लाख ८५ हजार आठ सय ३९, बाख्रा २८ लाख सात हजार पाँच सय ८८, बङ्गुर छ लाख ९४ हजार आठ सय ४५, कुखुरा ८९ लाख ४१ हजार छ सय ७७, भेडा ५९ हजार दुई सय ३१ र याक–नाक १८ हजार १० रहेको बताइएको छ ।

प्रदेशमा हालसम्ममा १० हजार सात सय ७५ पोखरीअन्तर्गत एक हजार नौ सय ६२ दशमलव ३६ हेक्टर जलाशय क्षेत्रबाट कूल नौ हजार आठ सय २० मेट्रिकटन माछा उत्पादन भएको छ । आर्थिक वर्ष २०७७÷७८ भन्दा गएको आर्थिक वर्षमा पोखरीको सङ्ख्या र जलाशय क्षेत्र पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा नौ हजार एक सय ६० मेट्रिकटन माछा उत्पादन भएको निर्देशनालयका निर्देशक पशुपति ढुङ्गानाले जानकारी दिनुभयो ।
यसैगरी ट्राउट माछातर्फ आर्थिक वर्ष २०७७÷७८ मा रेसवे सङ्ख्या एक सय ८१ बाट गएको वर्षमा तीन सय ६२ पुगेको जलाशय क्षेत्र तीन हजार छ सय ११ हेक्टरबाट छ हजार आठ सय ५० पुगेको वर्षमा ३८ मेट्रिकटन ट्राउट माछा उत्पादन भएको बताइएको छ ।

प्रदेश सरकारको रु ११ करोड ४९ लाख ६१ हजार, प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना(सङ्घ सशर्त अनुदान) को रु चार करोड ९२ लाख ५० हजार, पशुसेवा(सङ्घ सशर्त अनुदान) को रु ६८ लाख आठ सय ५० र कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम(सङ्घ सशर्त अनुदान) को रु सात लाख ३३ हजार बजेट रहेको जनाइएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।