सहिदको सम्झनामा रक्तदान

उदयपुर, १६ साउन । नेपाल निजामती कर्मचारी संगठन उदयपुरले सहिद मनोज–झपेन्द्र–सुरेन्द्रको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

संगठनको सभाहलमा आयोजित रक्तदानमा ८५ जनाले रगतदान गरेका छन् । रगतको अभावमा कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस भन्ने हेतुले परोपकारी भावले कार्यक्रम आयोजना गरिएको संगठनका अध्यक्ष पुण्यप्रसाद पौड्ेलले बताए ।

संगठनको बार्षिक कार्यक्रम अनुसार रक्तसञ्चार केन्द्र धरानको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए ।

तत्कालिन शासकहरुले गरेको अत्याचारको विरुद्धमा आन्दोलनगर्दा मनोज जोशिलाई २०४८ साउन १५ खोटाङको दिक्तेल, झपेन्द्र कार्कीलाई २०४६ र सुरेन्द्र विकलाई २०६४ माघ ८ गते कोटडाँडा ८ मुगुमा राज्य पंक्षबाट गोली हानी हत्या गरिएको थियो ।

रक्तदान कार्यक्रम अघि संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सहिद द्धयले मुलुक परिवर्तनका लागि पुर्याएको योगदानको चर्चा गरेका थिए । उनीहरुले सहिदद्धयलाई सहिद घोषणा गर्न समेत माग गरेका छन् ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य बेदप्रसाद पोखरेल, बिमल कार्की, जिल्ला अध्यक्ष परमेश्वर घिमिरे, सचिवालय सदस्य सृजना दनुवार, संगठनका केन्द्रिय सदस्य महेश फुयाँल लगायतले बोलेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।