मोरङमा १७ वर्षीया किशोरी ब’ला’त्कृ’त

मोरङ, १७ साउन । मोरङमा एक जना १७ वर्षीया किशोरी ब’ला’त्कृ’त भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा जहदा गाउँपालिका–३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुमनले ती किशोरीलाई जबरजस्ती क’रणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

दमौली अस्पतालमा स्वास्थ्यकर्मी र उपकरण माग
दमौली, १७ साउन (रासस)ःदमौली अस्पतालमा स्वास्थ्यकर्मी र उपकरण माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाइएको छ । अस्पताल व्यवस्थापन समितिले स्वास्थ्यकर्मी र विभिन्न उपकरण उपलब्ध गराइदिन माग गर्दै मन्त्री खापुङलाई ज्ञापनपत्र बुझाएको हो ।

अस्पतालमा हाल स्वास्थ्यकर्मी अभाव भएकाले नौजना स्वास्थ्यकर्मी माग गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिनुभयो । नौजना स्वास्थ्यकर्मीका लागि वार्षिक रु ४४ लाख ७२ हजार खर्च हुने अनुमान सहितको ज्ञापनपत्र मन्त्रीलाई बुझाइएको थापाले बताउनुभयो ।

उहाँका अनुसार एकजना स्त्रीरोग विशेषज्ञ, प्रयोगशालामा कल्चर गर्नका लागि विएमएलटी, एकजना रेडियोग्राफर, एकजना एनेसथेसिया सहायक, शल्यक्रियाका लागि दुईजना स्टाफ नर्स, एकजना फार्मेसी र एकजना स्वास्थ्य सहायक माग गरिएको छ । अस्पतालमा दुईजना हाडजोर्नी विशेषज्ञ रहेको र शल्यक्रिया सेवासमेत सञ्चालन गर्ने तयारी गरिएको छ । “तर त्यसका लागि पनि स्वास्थ्यकर्मी र उपकरण नभएकाले मन्त्रालयसँग माग गरेका छौँ,” थापाले भन्नुभयो ।

यसैगरी अस्पतालले विभिन्न उपकरण माग गरेको छ । अस्पतालमा अति आवश्यक रहेको रु दुई करोड मूल्य बराबरको इन्डोस्कोपी मेशिन माग गरिएको छ । “जनशक्ति छ तर उपकरण नभएकाले यो सेवा दिन सकेका छैनाँै,” थापाले भन्नुभयो ।

स्वास्थ्यमन्त्रीले स्वास्थ्यकर्मी र उपकरण उपलब्ध गराउनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मन्त्री खापुङले अस्पताललाई ५० शय्यामा स्तरोन्नतिका लागि पनि पहल गर्ने बताउनुभयो । आफूहरुले स्वास्थ्यकर्मी र उपकरणका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापनका लागि अर्थमन्त्रीसँग पनि कुराकानी गरेको थापाले बताउनुभयो । १५ शय्या स्वीकृत अस्पतालले ५० शय्याको सेवा दिइरहेको छ । अस्पतालमा हाल दैनिक दुई सय ५० भन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन् । गर्मी मौसमका कारण भर्ना हुने बिरामीको सङ्ख्या २०÷२५ छन् ।

अस्पतालमा फोहरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्स सहितको भवन निर्माण, आँखा विशेषज्ञ सहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, एनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार गरिएको छ । साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ ।

अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । विसं २०३४ स्वास्थ्यचौकीका रुपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।