सुक्खा पहिरोले माझगाउँ उच्च जोखिममा

खोटाङ, २३ साउन । सुक्खा पहिरो जाँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा गाउँ नै जोखिममा परेको छ । शनिबार राति ठूलो पाखा पहिरोको रुपमा खस्दा जलेश्वरी माझगाउँका १८ घर परिवार जोखिममा परेको हो । माझगाउँको अर्को पाटोको भीर पाखो ठूलो सुक्खा पहिरोको रुपमा खसेको हो । झन्डै चार सय मिटर फैलिएको पहिरो करिब सात सय मिटर तल मेकुखोलामा थुप्रिएको छ । पहिरोका कारण वस्ती मात्र नभएर स्थानीय जनकल्याण आधारभुत विद्यालय जोखिममा परेको व्यवस्थापन समिति अध्यक्ष धनकुमार राईले बताए ।

पहिरोका कारण रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतको घर पहिरोको उच्च जोखिममा परेको छ । उनीहरुको घरबाट करिब ५०÷६० मिटरको दुरीमा पहिरो आइपुगेको छ । विद्यालयको खेलमैदान नजिकसम्म पहिरो गएपछि विद्यार्थी त्रासमा छन् । विद्यार्थी पहिरोमा खस्ने त्रासले पहिरोको डिलमा घोराबारा हालिएको छ । सो पहिरोले दिप्दीमावा–माझगाउँ–देल्बाया सडकको करिब दुई सय मिटर भाग बगाएको छ । केही मुनिबाट सुरु भएको अर्को पहिरोले समेत माझगाउँ जोखिममा पारेको छ ।

दुईरतीन वर्षदेखि सामान्य धाँजा फाटेको पाखोमा सामान्य वर्षाकैबीच पहिरो गएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।