सङ्क्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी सङ्क्रण देखिएको छ । यहाँ एकै दिन ५५ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबारसम्म जिल्लामा ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ । सङ्क्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । (रासस)

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल
खलङ्गा, २५ साउन (रासस) :
जुम्लाका आठवटै स्थानीय तहका धैरैजसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण भने छैन । अहिले यी विद्यालयलाई विद्यार्थी भर्ना गराउनै मुस्किल परेको छ ।

जिल्लाको तिला गाउँपालिका–१ स्थित रारामा रहेको सीता माध्यमिक विद्यालयमा तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जीनियरिङ तहमा ११ मात्रै विद्यार्थी अध्ययनरत छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरबाट मान्यताप्राप्त सो विद्यालयमा प्राविधिक धारमा अध्ययन गर्ने ४८ विद्यार्थीको कोटा हुँदा पनि अहिले छ जना पूर्णशुल्क र पाँच छात्रवृत्ति कोटामा मात्रै विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पाण्डेले बताउनुभयो ।

प्राविधिक विषयका विद्यार्थी नहुँदा शैक्षिकसत्र २०७९ का लागि तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जीनियरिङ तहमा भर्नाका लागि अहिले विद्यार्थीको खोजीमा विद्यालय लागेको छ । विभिन्न माध्यमबाट विद्यार्थीलाई भर्ना गराउन विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समिति लागिपरेको छ ।

विद्यालयका प्रअ पाण्डेले भन्नुभयो, “विद्यालयमा प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थी नहुँदा सिभिल इञ्जीनियरिङतर्फ पढाइमा विद्यालयलाई सकस भएको छ । शिक्षकलाई तलब दिन पनि गाह्रो भएको छ । विद्यालयको कुनै आन्तरिक स्रोत पनि छैन, स्थानीय सरकारले पनि सहयोग गरेको छैन ।”

गाउँमै सिभिल इञ्जीनियरिङ विषय पढाइ भइरहेको छ । तर विद्यार्थी भर्ना हुन मानेका छैनन्, कम पैसाले घरमै दक्ष जनशक्तिबाट पढाइ हुने गरेको छ । पूर्णशुल्क र छात्रवृत्ति कोटाबाट अध्ययन गर्न चाहने विद्यार्थीलाई यो वर्षबाट पालिकाका नौवटै वडालाई पत्रचारसमेत गरिएको विद्यालयका प्रअ पाण्डेले बताउनुभयो ।

विद्यालयमा विद्यार्थी आकर्षण गर्नेका लागि प्राविधिकतर्फ चाहिने पुस्तकालय, कम्प्युटर, ल्याब तथा प्रविधियुक्त सुविधासम्पन्न प्रयोगशाला, सर्भे क्याम्प, शैक्षिक भ्रमण तथा अवलोकनका माध्यमबाट सम्बन्धित स्थानमै पुगेर प्रयोगात्मक शैलीको अध्ययनलाई विशेष जोडदेखि विद्यार्थीलाई बस्नका लागि निःशुल्क छात्राबासको समेत व्यवस्था विद्यालयले गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर बुढाले जानकारी दिनुभयो ।

गाउँका विद्यालयभन्दा सहरका विद्यालयका दक्ष शिक्षक र विभिन्न सेवासुविधा समयमै उपलब्ध हुने भएकाले विद्यार्थीको रोजाइ गाउँभन्दा सहरमा हुने गरेको जुम्लाका विद्यार्थी बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।