राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य तथा श्रम तथा रोजगार विभाग प्रमुखमा श्रेष्ठ मनोनित

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल राष्ट्रिय महाधिबेसन आयोजक कमिटिको दोस्रो पूर्ण बैठक मार्फत युवाहरुका ढुकढुकी, प्रेरणाको श्रोत, युवा ब्यबसायी, समाजसेवी तथा युवा नेता क. प्रतिक श्रेष्ठ राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्यमा तथा श्रम तथा रोजगार विभागको प्रमुख मनोनित भएका छन्।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष क. केपी शर्मा ओली, बिशेष अतिथिहरुमा क. इश्वर पोखरेल, क.सुबाश नेम्बाङ्ग, क. प्रदिप ज्ञवाली लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

क. प्रतिक एक निडर स्पष्ट बक्ता र स्वच्छ छबि भएको युवा नेताको रुपमा नेकपा एमाले भित्र आफ्नो बलियो पकड बनाउदै आफ्नो राजनीतिलाइ जनमुखी बनाउदै मुर्त रुप दिन हर समय लागिपरेका छन् । पार्टी भित्रको कुनै पनि काम गर्न पछि नहट्ने संगठन निर्माण देखि नेतृत्वदायी भुमिका सम्ममा आफुलाई अब्बल रुपमा उभ्याउन सफल र एक समाजसेवीको समेत परिचय बनाउन सफल युवा नेता श्रेष्ठ सधै जनता र सर्बसाधारणको काम गर्न रुचि राख्दछन ।

देश र समाजलाइ परिबर्तन गर्न आफै बाट सुरुवात गर्नु पर्छ भन्ने सोच लिएका श्रेष्ठले युवाहरुलाइ एक ढिक्का बनाउदै ससक्त रुपमा आफु अगाडी बढ्ने बताएका छन्। एक्सन ओरेन्टियड छवि बनाएका श्रेष्ठ अब आउदा दिनहरुमा समाजमा भएका कुरीतिहरु बिरुद्द लड्दै जाने र पार्टी भित्र र बाहिर पनि ससक्त आवाज उठाउदै जाने कुरा समेत उनि बताउछन।

बिगत लामो समय देखि राजनीतिमा सक्रिय क. प्रतिक श्रेष्ठ युवाहरु माझ लोकप्रिय नेताको रुपमा परिचित छन्। काठमाडौं क्षेत्र न. ४ मा बसोबास गर्दै आएका युवा नेता श्रेष्ठ सामाजिक कार्यमा समेत सक्रिय रुपमा लागिपरेका छन्। काठमाडौं क्षेत्र न. ४ का जनता माझ लोकप्रिय युवा नेताको छबि बनाएका श्रेष्ठ भबिष्यको त्यस क्षेत्रका उदयिमान नेताको रुपमा राम्रो पकड बनाएका बलिया प्रतिश्प्रधि समेत हुन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।