भुलभुले दुधकुण्ड देउधाम र भालुखोलामा सांस्कृतिक मेला

खोटाङ। खोटाङको धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दुधकुण्ड देउधाम र भालुखोलामा सांस्कृतिक मेला लागेको छ । जनैपूर्णिमा/रक्षाबन्धनको अवशरमा शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको भुलभुले दुधकुण्ड देउधाम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको भालुखोलामा बिहानदेखि भव्य सांस्कृतिक मेला लागेको हो ।

वर्षमा एक पटक लाग्ने मेला भर्न र दर्शन गर्न जिल्लाका दिक्तेल, खार्मी, दोर्पा, रतन्छा, लफ्याङ, बाम्राङ, बाँझेच्यानडाँडा, मात्तिम लगायतका स्थानीय भुलभुले दुधकुण्ड देउधाम र भालुखोला पुगेका छन् । किरात र हिन्दुधर्मावलम्बीको धार्मिकस्थलका रूपमा रहेको भुलभुले दुधकुण्ड देउधाममा शिव, गणेश, बुढानिलकण्ठ, तीनकन्य जालपादेबी, सिद्धसिकारी र एलम्बरको पूजाआजा गर्नका आन्तरिक तथा बाह्या दर्शनार्थी आउने गरेका देउधाम व्यवस्थापन समितिले जनाएको छ ।

चिताएको मनोकांक्षा पूरा हुने विश्वासमा भाकल गर्ने र दर्शन गर्नका लागि भुलभुले दुधकुण्ड देउधाममा लाग्ने मेलामा प्रायः बुढापाका र केटाकेटीदेखि युवायुवती आउने गरेका छन् । पछिल्लो समयमा आन्तरिक तथा बाह्या पर्यटकको गन्तव्य थलो बनेको देउधाममा कार्तिक पूर्णिमाका दिन दिनभर ढ्याङग्रो र झ्याम्टा बजाउँदै धामीहरू नाच्ने गर्छन् । मेलामा धामीहरूकासाथमा आएका आफन्तले धामीझाँक्रीसँगै गीत गाउँदै र नाच्दै रमाइलो गरेको दृश्यावलोकन गर्ने उत्तिकै हुन्छन् । धामी गीत र ढ्यांग्रोको आवाजले कार्तिक पूर्णीको दिन भुल्के गुञ्जायमान हुने गरेको पुजारी दीर्घराज राईले बताए ।

प्रचार–प्रसारको अभावमा ओझेलमा परेको देउधाममा कार्तिक पूर्णिमा बाहेक रामनवमी, ऋषितर्पणी, नागपञ्चमीका दिन पनि पूजाआजा गर्ने दर्शनार्थीको भीड लाग्ने गरेको छ । मध्यपहाडी लोकमार्गले छोएको देउधाममा भोजपुर, धनकुटाका स्थानीयले समेत देउधामको दर्शन गर्नेगरेका छन् ।
परापूर्व कालदेखि जलकन्य देवीको पूजाआजा गरिँदै आइएको देउधामको धार्मिक पर्यटन प्रबद्र्धनका लागि २०४५ सालमा देबस्थलकारुपमा विकास गरिएको हो । पानीको मुहानमा नागमाथि सुतेको बुढानीलकण्ठ र पोखरीकोबीचमा उभ्याइएको किराँती राजा एलम्बरको आकर्षक मूर्ति, सात वटा धाराका लहर, धामीझाँक्रीको नाच, हरिया बन र जलश्रोत भ्रमण तथा अवलोकनका लागि भुलभुले दुधकुण्ड देउधाम सबैको रोजाइमा पर्ने गरेको छ ।

पानीको मुहानमा खेलिरहेका असला माछा, सात ढुंगे धारा देउधामको अर्को प्रमुख आकषण हुन् । सो स्थानको माछा मार्न नहुने मान्यताले पनि माछाले फैलिने वातावरण पाएको हो । ‘भुलभुलेमा जलकन्य देवीको मात्र पूजाआजा गरिन्थ्यो, बजार पनि सानो लाग्थ्यो,’ राईले भने, ‘२०४५ सालमा मात्र बुढानिकलकण्ठको मूर्तिको जीर्णोद्धार र एलम्बरको नयाँ मूर्ति राखिएको हो ।’

स्वतःस्फुर्तरुपमा आन्तरिक तथा बाह्या पर्यटकको गन्तव्य थलोकारुपमा विकास हुँदै गएको भुलभुले दुधकुण्ड देउधामको कम्पाउण्डभित्र काटिएका ढुंगा ओछ्याइएको, घुमफिरकाक्रममा विश्रामका लागि छाना सहितको ५ वटा फलामे बेञ्च, ७ वटा ढुंगे धारा जीर्णोद्धार, बीचमा गणेशको मूर्ति राखिएको राउण्ड पोखरी, जलपादेबीको मन्दिर, बगैंचा, बत्ती, सिँढी, रेलिङ, फोहोर फाल्ने टोकरी, जुत्ता चप्पल राख्ने र्‍याक, तस्बिर सहितको सूचना पार्टी लगायतका संरचना निर्माण गरिएको छ ।

बुढापाका अनुसार परापूर्व कालमा गोठालाले भुलभुले रहेको पानीको मुहानबाट दूध बगिरहेको भेट्टाए । चाख्दा दूधकै स्वाद आउने दुधरुपी पानीलाई गोठमा लगेर उमालेर कुँडोमा हाल्दा भने पुनः पानी बनेकाले सो स्थानलाई दुधकुण्ड भन्न थालिएको किंवदन्ती रहिआएको छ । भुलभुलेमा लाग्ने एक दिने मेलाका कारण केरा, अम्बा, सुन्तला, कागती, बदाम लगायतका स्थानीय उत्पादनले वर्षमा एक पटक मूल्य पाउने अवसर जुटाएको बजार व्यवस्थापन समितिले जनाएको छ ।

देउधामकोरुपमा विकास गरिएसँगै भुलभुलेमा शिवजीको मन्दिर, पोखरी, सात ढुंगे धारा निर्माणका काम गरिएको हो । सुरुका समय सानो मेला लाग्ने भुलभुलेमा २०४५ सालबाटै ठूलो मेला लगाउन थालिएको समितिले जनाएको छ । पर्यटनको प्रचुर सम्भावना भए पनि प्रचार प्रसारको अभावमा देउधाम ओझेलमा परेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।