खोटाङमा बाँदरको टोकाइबाट बालक घाइते

खोटाङ, २८ साउन । बाँदरको टोकाइबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ काफ्लेगाउँका १२ वर्षीय नातीकाली कट्वाल घाइते भएका छन् । मकै बारीमा हुल बाँधिएर पसेको बाँदर धपाउने क्रममा कट्वाललाई लाखुले टोकेको हो । बाँदरको टोकाइबाट देब्रे खुट्टाको पिँडुलाको अगाडि र पछाडि गहिरो चोट लागेका कट्वालको टेकु अस्पतालमा उपचार भइरहेको लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेले बताए ।

बाँदरको टोकाइबाट सख्त घाइते भएका कट्वालाई जिल्ला अस्पतालले रेफर गरेपछि काठमाडौं लगिएको हो । स्थानीय देबिस्थान सामुदायिक बन आसपासको मकैबारीमा पसेको बाँदर धपाउने क्रममा उनलाई टोकेको हो । धपाउन गएका मान्छेलाई नै बाँदरले टोकेपछि स्थानीय त्रसित छन् । १० स्थानीय तह रहेको खोटाङका अधिकांश ठाउँमा बाँदरको समस्या छ ।

२०७५ फागुनमा बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पुर्‍याउने भन्दै भारतको खुसीनगर उत्तरप्रदेशका पेसेवार सिकारी ल्याएर लफ्याङको छार्का, लुछिम लगायतका स्थानबाट दर्जनौं बाँदर समातिएको थियो । नगरपालिकाकै आर्थिक सहयोगमा लफ्याङमा ७ फागुन २०७५ देखि ‘बाँदर समाउ’ अभियान थालिएको थियो । तर निकुञ्जमा लैजान भन्दै समातेर राखेको बाँदर राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानुनी प्रावधानले जटिलता आइपरेको थियो ।

त्यसपछि १ चैत २०७६ मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका बाँदर पीडित किसानले नगरपालिका समक्ष तारजालीको खोर बनाएर बाँदरलाई थुन्ने व्यवस्थाको माग गरेका थिए । १९ फागुन २०७६मा दिक्तेलको हेलीप्याडमा भएको भेलाको निर्णय अनुसार किसानले बाँदरलाई खोरमा थुनेर राख्ने व्यवस्थाका लागि नगर समक्ष बजेट माग गरेका थिए ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले किसानले बाँदरको समस्या हल गर्न माग गर्दै १ चैत २०७६ मा हलो, जुवा, दाँते र कोदालो सहित र्‍याली प्रदर्शन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।