खर्कमा छाडिएको दुई गोरुको कंकाल भेटियो, मासुका लागि मारिएको आशंका

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा चरनका लागि खर्कमा छाडिएको दुई वटा गोरुको कंकाल भेटिएको छ । रोपाई सकेपछि गत असारमा खर्कमा लगेर छाडिएको जीतबहादुर तामाङ र सरोज राईको एक÷एक वटा गोरुको कंकाल फेला परेको हो ।

स्थानीय कुवापानी जंगलमा छाला काढेको, टाउको, हाडखोर अलग–अलग गरेको अवस्थामा गोरुको कंकाल फेला परेको हो । घुँडामुनिको छाला बाँकी छाडेर अन्य छाला काढेर हाडखोर छुट्याइएको अवस्थामा गोरुको कंकाल भेटिएकाले गोरु मारिएको आशंका गरिएको स्थानीय अग्नीप्रसाद राईले बताए ।

हाडखोर गाइवस्तु पुग्न नसक्ने ठाउँमा भेटिएको हो । घट्नास्थल अवलोकन गर्दा गोरुको मासु लगेर हाड र छाला भीरबाट फालिएको हुनसक्ने अनुमान गरिएको छ । मासुका लागि गोरु मारिएको आशंकामा खर्चमा गाईवस्तु छाड्ने स्थानीय चिन्तित बनेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।