प्रेस सेनानी पत्रकार पोखरेलको निधन

बुटवल, ३१ साउन । बरिष्ठ पत्रकार वसन्त पोखरेलको निधन भएको छ।

लुम्विनी प्रदेशलाई केन्द्रमा राखेर बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान ६ बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो।

प्रेस स्वतन्त्रता सेनानीको सम्मानसमेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्षसमेत हुन्। प्युठानमा जन्मेका पोखरेलका दुई छोरा तथा एक छोरी छन्। हाल बुटवलवाट प्रकाशित हुदैँ आएको टवल टुडे दैनिकको सल्लाहकार सम्पादक रहका पोखरेल लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए।

हराउँदै गयो जात्राको रौनक
रामपुर (पाल्पा), ३१ साउन (रासस) ः
गाउँघरमा देखाइने विभिन्न जात्रा उत्सवका रुपमा लिइन्थ्यो । जात्रा देखाउने दिन घरायसी कामधन्दा सबेरै सकेर स्थानीय जात्रा हेर्न पुग्दथे । विशेषगरी महिलाहरु छोराछोरी काखमा च्याएर कोही हातमा समाउँदै हस्याङफस्याङ गर्दै जात्रा हेर्न उत्साहित हुँदै जाने गर्दथे ।

हिजोआज भने पहिलेजसो जात्रा हेर्न जानेको उत्साह देखिदैन । पाल्पामा देखाइने गाईजात्रा, रोपाइँजात्रा, बाघजात्रा लगायतका विभिन्न जात्रा देखाइन्छन् । विशेषगरी नेवार समुदायमा प्रचलित गाईजात्रा र रोपाइँजात्रा परापूर्वकालदेखि नै देखाउने गरिन्छ । अहिले भने संस्कृति धान्न जात्रा देखाउने चलन कायमै छ । तर अवलोकन गर्ने दर्शकहरु भने घट्दै गएका छन् ।

सूचना प्रविधिको बढ्दो प्रयोगले पछिल्ला वर्षमा जात्रा अवलोकनकै निम्ति दर्शक टाढाबाट आउने क्रम भने हट्दै गएको रामपुरका स्थानीयवासी तिलकराम पाण्डेय बताउनुहुन्छ । “पहिला त निकै टाढाबाट पैदल हिँडेर रामपुरमा देखाइने गाईजात्रा, रोपाइँजात्रा हेर्न आउनेको उत्साह हुन्थ्यो, अहिले सबै कुरा मोबाइलमा आउँछ, जात्रा हेर्न भनेर समय खर्चेर आउने खासै भेटिदैन, काम विशेषले आएका बेला अवलोकन गर्ने गरेको पाइन्छ, जात्राका लागि भनेर पैदल हिँडेर पहिलाजसो गाउँभरीका स्थानीय आउने क्रम भने हटिसक्यो” उहाँले बताउनुभयो ।

नेवारी परम्पराअनुसार जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा र पर्सीपल्ट रोपाइँजात्रा देखाउने प्रचलन छ । दिवाङ्गत भएका आफ्ना परिवारका सदस्यको सम्झनामा जात्रा देखाइन्छ । परापूर्वकालदेखि नै चलिआएको जात्रा नेवार समुदायसँग सम्बन्धित रहेकाले हरेक वर्ष संस्कृति धान्न जात्रा देखाउने गरेको नेवा समाज रामपुर पाल्पाका संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।

“संस्कृतिलाई हामीले निरन्तरता दिइरहेका छौँ, पहिला पहिला सबैका जसो परिवारका सदस्य घरमै बस्ने, अन्यत्र जाने अवसर पनि कम मिल्थ्यो, वर्षदिनमा एक पटक देखाइने हुदा समय निकालेर जात्रा हेर्न आउने प्रचलन थियो, अहिले सहर बजार विभिन्न क्षेत्रमा अध्ययन, कामको शिलशिलामा रहदा प्रविधिको बिस्तारले पहिलेजसो जात्रा अवलोकन गर्ने दर्शक भने केही कम छ” उहाँले भन्नुभयो ।

पुरुष पात्रलाई महिलाले लगाउने सारी, चोलो, पटुकालगायत विभिन्न पहिरन लगाइ दिएर जात्रामा निकालिन्छ । हास्यव्यङ्ग्य शैलीमा दर्शकलाई रमाइलो पारिन्छ । युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकालगायत सबै उमेर समूहलाई रमाइलो बनाउने र दिवाङ्गत भएका परिवारमा मन भुलाउने माध्यमका रुपमा जात्रा देखाइन्छ ।

पाल्पाका नेवार समुदायको बाक्लो वस्ती रहेका विभिन्न ठाउँठाउँमा जात्रा निकालिन्छ । सदरमुकाम तानसेन, रामपुर, पूर्वखोलाको वीरकोट लगायतका विभिन्न स्थानमा परम्परागत शैलीमा जात्रा देखाइन्छ । पाल्पाको तानसेनमा भने बाघजात्रा निकालिँदै आइएको छ । बाघका आकृति सहितका किशोर तथा युवाले बाजा बजाएर बजार परिक्रमा गरी जात्रा देखाइएको छ । यहाँ हरेक वर्ष जस्तै यसवर्ष पनि पाल्पाली नाट्य कला सांस्कृतिक समूह तानसेन –६ बसपार्कका युवा र बालबालिकाले बाघजात्रा देखाएका हुन् ।

मानिसलाई बाघको रुपमा सिँगारेर शिकारीहरुले घेरेको अभिनयमा बाघजात्रा देखाइने गरिन्छ । यस जात्राप्रति बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकहरु उत्साहित हुँदै अवलोकन गर्दछन् । परापूर्वकालमा बाघको आतङ्कले तानसेनवासी आजित भएको र बाघलाई मनाउन बाघ जात्रा निकाल्ने प्रचलन रहेको बुढापाका बताउँछन् । केही समय अघिसम्म उत्सवको रुपमा निकालिने बाघ जात्रा पछिल्लो वर्ष भने पर्व धान्नको लागि मात्र भएपनि देखाउने गरिएको छ ।

विसं १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकि थिइन् । मृत्यु भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्तलाई राजाले कैंयनपल्ट बुझाउन खोजेपनि रानीका आँखा ओभानो नभएपछि राजाले एउटा जुक्ति निकाले ।

राजा प्रताप मल्लले नाबालक छोरा गुमाएको त्यस वर्षभरिमा राज्यमा मृत्यु भएका नागरिकका आफन्तलाई गाईसहित दरबार अगाडिबाट रानीले देख्नेगरी जात्रा निकाल्न आह्वान गरे । उक्त दिन यसरी निकालिएको जात्रा अहिलेको काठमाडौँ दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो । आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरुको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्युको शोक आफूलाई मात्र नपरेको बरु आफ्ना जस्ता छोरा, आमाबुवालगायत अन्य पारिवारिक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् ।

राजाले उक्त जात्रामा विभिन्न ठट्टा, चटक र व्यङ्ग पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुरा हेरेर सम्पूर्ण पीडा बिसाएर फोहोरा छोडेर हाँसेकी थिइन् । अर्कोतर्फ जात्रामा आएका व्यक्तिहरुले विभिन्न प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी व्यक्तिहरुको आडम्बर र गरिवका पीडालाई साङ्केतिक रुपमा व्याख्या गर्ने सुरुआत गरेका थिए ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।