छिनछिनमा विद्युत अवरुद्ध हुँदा उपभोक्ता हैरान

खोटाङ, १ भदौ । विद्युत छिनमा आउने र छिनमै जाने समस्याले खोटाङका सेवाग्राही हैरान भएका छन् । एकैदिन दर्जनौंपटक विद्युत आउने र जाने समस्याले सेवाग्राही मारमा परेका हुन् ।

झ्याप्प आउने र झ्याप्प जाने विद्युतले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ । दिनमा दर्जनौंपटक विद्युत जाने र आउने समस्याका विषयमा पत्रकारले चासो दिएका छन् ।

मंगलबार नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख इन्जिनियर विजयराज रेग्मीलाई भेट गरी पत्रकारको टोलीले विद्युत नियमित गराउन ध्यानकर्षण गराएका छन् । पत्रकार महासंघ शाखा अध्यक्ष दिलीप खत्री नेतृत्वको पत्रकारको टोलीले छिनछिनमा विद्युत अवरुद्ध हुनुको कारण माग गरेका थिए ।

पत्रकारको टोलीले विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रको सेवा प्रवाहमाथि प्रश्न उठाउँदै चुस्तदुरुस्त सेवा उपलव्ध गराउन रेग्मीको ध्यानाकर्षण गराएका छन् । पटकपटक विद्युत अवरुद्ध हुँदा समाचार सम्प्रेषणमा समस्या भएको पत्रकारहरूले बताएका छन् ।

जिल्लामा आइतबारयता छिनछिनमा बत्ती आउने र जाने समस्या देखिएको छ । हावाहुरीका कारण पोल तथा तार छोएका बाँस तथा रुखको हाँगो पन्छाउने क्रममा पटकपटक लाइन काट्नु परेको विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रेग्मीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।