महिला जनप्रतिनिधिको क्षमता विकासका लागि अभिमुखीकरण

खोटाङ । महिला जनप्रतिनिधिको क्षमता विकासका लागि खोटाङका चार पालिकामा ‘शी लिड्स नेपालः महिला नेतृत्व कार्यक्रम दोश्रो चरणको अभिमुखीकरण’ कार्यक्रम गरिएको छ । महिला जनप्रतिनिधिको नेतृत्व विकासका लागि ‘शी लिड्स–महिला नेतृत्व’ परियोजना अन्तर्गत हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेसी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा महिला नेतृत्व कार्यक्रमसम्बन्धी दोश्रो चरणको अभिमुखीकरण गरिएको हो ।

जनप्रतिनिधिलाई आफ्नो हक, अधिकार र काम कर्तव्यको बारेमा जानकारी दिँदै व्यक्तिगत रुपमा क्षमतावान बनाउने लक्ष्यका साथ विभिन्न दातृ निकायको सहयोगमा दलित महिला केन्द्र नेपालको आयोजनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

गत ९ साउनमा हलेसी तुवाचुङ नगरपालिकाबाट सुरु गरिएको अभिमुखीकरण मंगलबार दिप्रुङ चुईचुम्मा गाउँपालिका पुगेर टुंगिएको छ । अभिमुखीकरणमा हलेसी तुवाचुङ नगरपालिकाका २३ जना, रावाबेसी गाउँपालिकाका १० जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाा ३१ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १३ जना महिला जनप्रतिनिधिले सहभागीता जनाएका छन् । अभिमुखीकरणमा नेतृ एवं अधिकारकर्मी दुर्गाजयन्ती राई र लक्ष्मीकुमार राईले सहजीकरण गरेका थिए ।

खोटाङका १० स्थानीय तहमध्ये आठ पालिकामा ‘शी लिड्स–महिला नेतृत्व’ परियोजना सञ्चालन भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।