महानगरपालिकाले प्रत्येक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्ने

विराटनगर, ४ भदौ । विराटनगर महानगरपालिकाले प्रदेश स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाइ विशेष अभियान सञ्चालन गरिने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो ।

आज बसेको बैठकले हरेक शुक्रबार बिहान ७ देखि साढे ८ बजेसम्म सफाइ अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो । “कुनै पनि ठाउँको पहिचान भनेको सफाइ न सुन्दरता नै हो”, प्रमुख कोइरालाले भन्नुभयो, “बाहिरबाट आउने पर्यटकले झट्ट हेर्दा सहरमा जताततै फोहर देखे भने उनीहरूमा नकारात्मक प्रभाव पर्छ, फोहर भनेको सहरको सभ्यतासँग पनि जोडिएको हुन्छ, त्यसो भएकाले महानगर सफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेका हौँ ।”

महानगरको विकास र समृद्धिका लागि आफूहरू योजनाबद्धरूपमा लागिरहेको उहाँको भनाइ थियो । मन्दिर, मस्जिद र सार्वजनिकस्थलमा भीख माग्ने, फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने अभियानलाई पनि तीव्रता दिएको बताइएको छ ।

“हामी निर्वाचित भएर आएको भर्खर तीन महिना भएको छ, यो बीचमा धेरै कुरा बुझ्नै लाग्यो”, प्रमुख कोइरालाले भन्नुभयो, “आउनेबित्तिकै हामीले महानगरका सबै नाला सफा ग¥यौँ, जसले गर्दा यसपटकको वर्षामा डुबान समस्या कम भयो, यससँगै फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिएका छौँ ।”

महानगर उपप्रमुख शिल्पा निराला कार्कीले विकास निर्माणसँगै सामान्यभन्दा सामान्य विषयलाई पनि ध्यान दिएर काम गरिरहेको बताउनुभयो । महानगरले सुरु गर्ने सरसफाइ विशेष अभियानमा महानगरवासीलाई समेत सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।

यसैबीच रथयात्रालाई ध्यानमा राखेर शनिबार मेनरोडको सफाइ गरिएको छ । महानगरका प्रमुख कोइरालाको नेतृत्वमा तीनपैनी चोकबाट सफाइ गरिएको थियो । सरसफाइमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला, वडा नं १ का वडाध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेललगायतको सहभागिता रहेको थियो ।

यसअघि मोरङका प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा प्रत्येक शनिबार बिहान नगर क्षेत्र सरसफाइ अभियान सञ्चालनमा रहेको छ । प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा प्रहरी प्रमुख, राष्ट्रसेवक कर्मचारी, समाजसेवीलगयात विभित्र सङ्घसंस्थाका प्रतिनिधिको यो काममा सहभागी भई सहयोग गर्दै आएका छन् । विराटनगरमा केही सयमदेखि बजारभित्र फोहरको चाप घटेको र नगरको सफाइ भएको पाइएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।